नेकपाकी केन्द्रीय सदस्य सुमित्रा सिंह ठकुरीको निधन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय समिति सदस्य तथा सुकुम्बासी आन्द‍लनकी नेतृ सुमित्रा सिंह ठकुरीको आज बिहान ६ बजे निधन भयो । हिजो दिनभरी खेतमा काम गरेर साझ घर फर्केकी ठकुरी राती अकस्मात विरामी परेको र सो खबर थाहा पाउनासाथ उहाँकी छिमेकी समेत रहेकी सोही पार्टीकी कपिलबस्तु जिल्ला समिति सदस्य राधा उपाध्यायले उक्त पार्टीका नेता कार्यकर्ता र छरछिमेकीलाई खबर गरेपछि तत्कालै त्यहाँ मानिसहरु भेला भएका थिए । उनीहरुले विरामी ठकुरीको स्वास्थ्य अवस्था जटिल भएको देख्नासाथ विहान ४ बजेतिर विरामी ठकुरीलाई स्वास्थ्योपचारका लागि कपिलबस्तु जिल्ला अस्पताल , तौलिहवा पु-याएका थिए तर त्यहाँ उहाँको उपचार सम्भव छैनदभनेर उक्त अस्पतालले भैरहवा रिफर ग-यो । एम्बुलेन्समा राखेर त उहाँलाई त्यहाँबाट स्वास्थ्योपचारका लागि भैरहवातर्फ लगियो तर भैरहवा नपुग्दै बीच बाटोमै उहाँको दु:खद निधन भएको उक्त पार्टीका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश समितिका अध्यक्ष एमके अमात्यले अलगपथलाई बताउनुभयो । ‘वि.सं.२०२२ जेठ १५ गते जन्मेकी ठकुरी २०५७ सालदेखि नेपालको कम्युनिष्ट आन्द‍लनमा क्रियाशील रहदै आउनुभएको र उहाँले सुकुम्बासी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नुु भएको थियो । श‍ोषित उत्पीडित वर्ग र समुदायको हक , हित र अधिकारको लागि संघर्षशील योद्धा क. सुमित्रा सिंह ठकुरी हाम्रो पार्टीकी कुशल संगठक हुनुहुन्यो । उहाँले हाम्रो पार्टीको संगठन बिस्तारमा महत्वपूर्ण य‍गदान पु-याउनुभएको छ । उहाँको असामयिक दु:खद निधनले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई मात्रै नभइ सिङ्गो शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिक‍ो संघर्षमा नै अपुरणीय क्षति पुगेको छ’, दिवंगत ठकुरीसँगै पार्टी काम र जनसंघर्षमा सँगसँगै काम गरेका अमात्य दिवंगत ठकुरीको निधनप्रति शोक प्रकट गर्दै उहाँको योगदानको स्मरण गर्नुहुन्छ ।

कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका-६, सान्तिनगर टोलमा बसोबास गर्दै आएकी ठकुरीका पति ओमराज सिंह ठकुरीको मृगौलाक‍ो समस्याले उपचारको क्रममा गत बैशाख ३० गते निधन भएको थियो । उहाँहरुका ६ जना सन्तानमध्ये यतिबेला ३ छोरा र २ छ‍ोरी मात्र जीवित छन् । उहाँहरुका माहिला छ‍ोरा भने माओवादी जनयुद्धका क्रममा मारिएको थिए ।

ठकुरीक‍ो निधनमा नेकपा अध्यक्ष कट्टेलद्वारा शोक व्यक्त

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले

सोही पार्टीकी केन्द्रीय समिति सदस्य सुमित्रा सिहं ठकुरीको निधनमा शोक प्रकट गर्नु भएको छ । दिवंगत ठकुरीको निधनमा आज उहाँले जारी गरेको शोक विज्ञप्तिमा उल्लेखित विषय यस प्रकार छ ।

नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य क. सुमित्रासिंह ठकुरीको आज २०८० आषाढ २७ गते विहान ६.३० वजे अकस्मात निधन भएको खवरले पार्टी स्तव्ध भएको छ । क.ठकुरी एक जुझारु महिला नेतृ हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनप्रति उहाँको निष्टा प्रगाढ थियो । क. सुमित्रा सिंह सरकारी आततायीका अनेकन हमलाहरुसँग जुद्धै सुकुम्वासी जनताको हक हितको रक्षा गर्न लागि परिरहनु भएकी एक योद्धा र सुकुम्वासी जनताको असल अविभावक हनुहुन्थ्यो । उहाँको मृत्युले कम्युनिष्ट आन्दोलनले एक इमान्दार कार्यकर्ता गुमाएको छ र सुकुम्वासी क्षेत्रले आफ्नो अविभावक गुमाएको छ । नेपाल कम्युनिष्ट पार्टी क.सुमित्रासिंह ठकुरीप्रति उच्च सम्मानका साथ श्रद्धा व्यक्त गर्दछ । साथै त्यस क्षेत्रका सुकुम्वासी जनता , कपिलवस्तु पार्टी र परिवारजनप्रति समवेदना व्यक्त गर्दछ ।’

यसैगरी सोही पार्टीका केन्द्रीय समिति सदस्य तथा कपिलबस्तु जिल्ला समितिका अध्यक्ष नरबहादुर श्रीस लगायतले पनि दिवंगत ठकुरीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

उहाँको निधनले यतिबेला शान्तिनगरट‍‍ोल शोकमा डुबेको प्राप्त खबरमा उल्लेख छ ।

Leave a Reply