नेपाल टेलिभिजनकर्मी देवेन्द्र सुबेदीलाई पितृ शोक

नेपाल टेलिभिजनम कार्यरत सञ्चारकर्मी देवेन्द्र सुबेदीलाई पितृ शोक परेको छ । उनका पिता तारा सुबेदीको काठमाडौंको खसीबजारमार्गस्थित काठमाडौं मोडल हस्पिटलमा उपचारको क्रममा ७३ वर्षको उमेरमा हिजो दिउसो निधन भयो । दिवंगत सुबेदीको पार्थिव शरीर हिजो साझ नै पशुपति आर्यघाटमा अन्तेष्टि गरियो ।

लामो समय निजामती सेवामा कार्यरत रहेका दिवंगत सुबेदी इलामको नामसालिङमा जन्मेर हुर्केपनि जीवनको पछिल्लो समय काठमाडौंको घट्टेकुलोमा स्थायी बसोबास गर्दै आएका थिए । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *