नेपाल प्रहरीको आन्तरिक सुद्धिकरण गर्ने नवनियुक्त आईजीपी कुँवरको प्रतिबद्धता

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक बशन्तबहादुर कुँवरले नेपाल प्रहरीको आन्तरिक संगठन शुद्धिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गत शुक्रबार मन्त्रीपरिषदले नेपाल महानिरीक्षक नियुक्त भएका कुँवरलाई दर्ज्यानी चिन्ह लगाई दिन आइतबार आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले समाजमा अपराध हुन नलिई शान्ति सुरक्षा र अमनचयन कायम गर्न नेपाल प्रहरीले ससस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर कनर्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभथो ।

आइतकार नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक कुँवरलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले दर्ज्यानी चिन्ह लगाई दिनुभयो ।

२०५१ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक कुँवरले २ वर्ष नेपाल प्रहरीको नेतृत्व गर्नु हुने छ । नेपाल प्रहरीको बरिष्ठ प्रहरी उपरीक्षक हुदासम्म ल‍ो प्र‍ोफाइलमा रहेका प्रहरी महानिरीक्षक कुँवर प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीकमा बडुवा हुदा भने बरिष्ठता क्रममा पहिलो नम्बरमा रहनुभय‍ो ।

यस पटक सरकारले बरिष्ठताको आधारमा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई प्रहरी महानिरीक नियुक्त गरेसँगै नेपाल प्रहरीमा बिगतमा देखिने गरेको प्रहरी महानिरीक्षक नियुक्तिमा बरिष्ठता विवाद देखिएन ।

Leave a Reply