पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा माघ ४ गते अन्तर्क्रियात्मक गोष्ठी हुने

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा २०८१ माघ ४ शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा सरोकारवाला वीच अन्तरक्रियात्मक ग‍ोष्ठी हुने भएको छ । विहान ११:३० बजेबाट शुरु हुने उक्त गोष्ठीमा छलफलका लागि आयोजकले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

यसस अघि गत मंसिर ८ गते पनि पुष्पलाल विचार प्रवर्धन केन्द्रले सरोकारवालाहरु बीच अन्तर्क्रियात्मक ग‍ष्ठी आयोजना गरेको थियो । गोष्ठीमा उक्त केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सो कार्यपत्रमाथि वाम बुद्धिजीवीहरु डा.गोपीरमण उपाध्याय, डा. खेम कोइराला , डा.केशव खड्का र वाम राजनीतिक विश्लेषक झलक सुवेदीले टिप्पणी गर्नुभएको थियो । उक्त गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा (१५ सेप्टेम्बर,१९४९)का महासचिव योगेन्द्र पराजुली , वामपन्थी चिन्तकद्वय कौशल अधिकारी र गंगा कसजू लगायतले आ-आफनो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *