प्रदेश र स्थानीय तहका कर्मचारी सिभिल हस्पिटलमा उपचारमा छुट सुविधाबाट बञ्चित

२०७६ सालपछि नियुक्त भएका प्रदेश र स्थानीय तहमा नियुक्त भएका कर्मचारी काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (Civil Service Hospital) मा उपचारमा पाउने छुट सुबिधाबाट बञ्चित भएको पाइएको छ । निजामती कर्मचारी अस्पतालका एक कर्मचारीले २०७६ पछि नियुक्त भएका मध्ये २०७७ सालमा नियुक्त भएका कर्मचारीको सिटरोल निजामती किताब खानामा बुझाइएपनि २०७६ सालपछि नियुक्त भएका प्रदेश र स्थानीय तहका कर्मचारीलाई निजामती कर्मचारी नमानेकाले उनीहरुलाई निजामती कर्मचारी अस्पतालमा उपचारमा छुट सेवा पाउने व्यवस्था नभएको बताए ।

निजामती कर्मचारी अस्पतालमा उपचारमा बहालवाला शाखा अधिकृतदेखप माथिका निजामती कर्मचारीलाई ४० प्रतिशत र सो भन्दा बाहेक बहालवाला तथा सेवा निबृत्त कर्मचारीहरुलाई ५० प्रतिशत छुट सेवा प्रदान गर्ने गरेको छ ।

Leave a Reply