भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १३५ को मृत्यु र ८५ जना घाइते, उद्धार जारी

गएराती ११:४७ बजे जाजरक‍ोटको बारेकोट-१, रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएक‍ो ६.४ म्याग्निच्युटको भूकम्पमा परी यसबेलासम्म जाजरकोटमा ९७ र रुमुमपश्चिममा ३८ गरी १३५ जनाको निधन तथा ८५ जना घाइते भएको र उद्धार कार्य जारी रहेकोले घाइतेको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाई छ । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बलका गरी १२ सय सुरक्षाकर्मी उद्धार र राहत कार्यमा खटिएका छन् भने विभिन्न राजनीतिक दलमा आवद्भ व्यक्तिहरु लगायत पनि उद्भार कार्यमन खटिएको बताइएको छ ।

भूकम्प पछि पटक पटक त्यहाँ पराकम्प गएका र भूकम्पबाट प्रभावितहरु रातीदेखि नै चौरमा बसिरहेका छन् । भूकम्पले जाजरक‍ोट सदरमुकाम खलङ्गा, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका, सान‍ोभेरी गाउँपालिकन लगायतमा बढी जन धनको क्षति पुगेको सुरक्षाकर्मीहरुको भनाइ छ ।

भूकम्पबाट घाइतेहरुले स्थानीय अस्पतालहरुमा भरिभराउ छन् भने भेरी अस्पताल घाइतेहरुको उपचारको लाागि तयारी अवस्थामा राखिएको जनाइएको छ ।

भूकम्प गएको स्थानमा चिकित्सकहरु सहित प्रधानमन्त्री प्रतण्ड

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’

चिकित्सकको ट‍ोली सहित भूकम्प गएको स्थलमा हेलिकप्टर लिएर जानुभएको छ । उहाँले सान‍ोभेरी अस्पतालमा भूकम्पका घाइतेहरुलाई भेट्नु भएको छ । प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरिएको छ ।

कर्णाली प्रदेश सरकार उद्घार र राहतमा

आज विहान बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितको उद्धार र राहतमा लाग्ने निर्णय गरेको बताइएको छ ।

नेपालको साथमा छौं : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले

जाजरकोटको रामीडाँँडा केन्द्रविन्दु भएर गएको भूकम्पले पु-याएकोप्रति दु:ख व्यक्त गर्दै नेपालको साथमा भारत रहेको र भूकम्प पीडितहरुका लनगि भारतले सहय‍ग गर्ने बताउनुभएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिमा लगायतले पनि सो भूकम्पबाट पीडितहरुकन लनगि सहय‍ोग गर्ने बताएका छन् ।

भूकम्पले लियो उपमेयर सरिताको ज्यान

गएराती गएको भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गास्थित डेरामा सुुतिरहेकी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह ठकुरीको

ज्यान लिएको छ । घाइते अवस्थामा भेटिएकी ३८ वर्षीय उपमेयर सिंहक‍ो उपचारको लागि अस्पताल लाादै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।अविवाहित रहेकी उपमेयर सिंह सत्तागठबन्धनका दलहरुको तर्फबाट साझा उम्मेद्वार बनेर जाजरकोटक‍ो नलगाड नगरपालिकाको उपमेयर पदमा २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उहाँ २ कार्यकाल नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य र नेपाल महिला संघ, जाजरकोट जिल्ला कार्य समिति सचिव भइसक्नुभएक‍ो थिय‍ो । हिजो मात्रै उहाँ जाजरकोट सदरमुकाम खलङ्गा पुग्नुभएको बताइएक‍ो छ ।

Leave a Reply