ताप्लेजुङको मुक्कुमलुङ/पाथिभरामा केवलकार निर्माण विरुद्ध भइरहेको आन्दोलन स्थगन भएको छ । यससँगै केही दिनयता अशान्त बनेको ताप्लेजुङ जिल्ला सहितको पूर्वको जनजीवन सामान्य बन्दै गएको छ ।

२०८१ माघ २१ र २२ गते २ दिन सरकारी बार्ताटोली र मुक्कुमलुङमा केवलकार निर्माण विरुदध भइरहेको आन्दोलनकारीतर्फका वार्ताटोली वीच ६ बुँदे सहमती भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो । यो सहमती भएसँगै आन्दोलनको क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्न शुरु गरेको बताइएको छ । यसैक्रममा गएराती धरानमा ६ जना रिहा भएका थिए ।
मुक्कुमलुङमा केवलकार निर्माणको विरोध गरिरहेको पक्ष र सुरक्षाकर्मी वीच यही माघ १२ गते भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ४ जना आन्दोलनकारी घाइते भएका थिए भने तीमध्ये ३ जना गम्भीर घाइतेलाई काठमाडौंमा लगेर उपचार गर्नु परेको थियो । सोही क्रममा डिउटीमा रहेका प्रहरी निरीक्षक सहितका सुरक्षाकर्मीहरु घाइते भएका थिए। उनीहरुको ताप्लेजुङ जिल्ला अस्पताल फुङलिङमा उपचार भएको थिय । सो घटनापछि आन्दोलनले उग्र रुप लिदै गएको थियो । यहीकारण नेपाल सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा आन्दोलनकारीसँग वार्ता गर्न वार्ताटोली गठन गरेको थियो ।






