यातायात मजदुरको आन्दोलन स्थगित , सवारी साधन तत्काल चल्ने

सरकार र आन्दोलनरत यातायात मजदूरहरु बीचको वार्ता सकारात्मक ढंगले अगाडि बढेपछि यातायात मजदूरहरुले १० बुँदे माग राखी यही फागुन ११ गतेसम्मका लागि घोषित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । यससँगै सबै सवारी साधन तत्काल सञ्चालन हुने छन् । वार्ताका क्रममा उप-प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आन्दोलनकारीको मजदूरहरुका मागप्रति सकारात्मक देखिएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाइएको छ । वार्ता्को क्रममा आन्दोलनरत मजदूर प्रतिनिधि र व्यवसायी वीच आरोप प्रत्यारोप चलेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *