संघीय संसद अगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन

हिजो दिउसो संघीय संसद भवन नयाँ बानेश्वयमा शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयासका इलामको सूर्योदय नगरपालिकाको केराबारीका ३७ बर्षीय प्रेमप्रसाद आचार्यको आज विहान उपचारको क्रममा निधन भएको छ । उनले आफ्नो शरीरमा लगाएको आगो प्रहरीले बल्लातल्ल निभाएर आगोलै जलेर गम्भिर घाइते भएका आचार्यलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ‌‌तर आगोले उनको शरीरको ८० प्रतिशत भाग जलेको उक्त अस्पताल श्रोतको भनाई छ । उनको उपचारमा डा.किरण नकर्मी लगायतका स्वास्थ्यकर्मीहरुको टोली खटिएपनि उनलाई बचाउन भने सकेन । अस्पतालमा पुगेर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले घाइते आचार्यलाई भेटेर ढाडस दिनुभएको थियो । डा. कार्कीले भेटेको समयमा आचार्य आँखा हेर्न र सामान्य बोल्न सक्ने अवस्थामा थिए ।

आचार्यको निधनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की लगायतले दु:ख व्यक्त गर्नु भएको छ ।

आत्मदाहको प्रयास गर्नुअघि उनले आफ्नो फेसबुकमा ‘ लामो स्टाटस पोस्ट’ गरेका थिए । जो यस प्रकार छ ।

Ó

Leave a Reply

Your email address will not be published. Required fields are marked *