५ वर्ष ३ महिनाको जेल बसाइपछि पूर्व सांसद रेशम चौधरी रिहा हुदै

नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट १४ वर्ष ९ महिनाकोलकैद माफी मिनाह भएपछि ५ वर्ष ३ महिनाको कैदी जीवनबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरी सोमबार रिहा हुने भएका छन् । दाङ, कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका षारु बहुल क्षेत्रलाई मिलाएर थारुवान थरुहट प्रदेश बनाउनु पर्ने माग राखेर भएको संघर्को क्रममा १ नावालक र प्रहरी सहित ८ जनाको ज्यान गएको थियो । त्यसै घटनामा द‍ोषी ठहर गर्दै उनी सहित केहीलाई तीनै तहका अदालतले जन्मकैदको फैसला गरेका थिए । यस पटक उनी सहित ४८२ जनालाई आम माफी दिने निर्णय भएको जनाइएको छ ।

नेकपा (एमाले)को विद्यार्थी संगठनबाट राजनीतिमा सक्रिय भएका उनी २०५१ देखि २०५३ सालसम्म रत्न राज्यलक्ष्मी क्याम्पसमा स्व.वि.यू. सदस्य थिए । थारु भाषामा कविता सिर्जना गर्ने , गीत गाउने, विज्ञापनमा मोडलिङ गर्ने, रेडियोमा कार्यक्रम चलाउने तथा मार्सल आर्ट सिकाउने जस्ता कार्य गर्द गर्दथे ।

२०७४ सालको निर्वाचनम मा तत्कालीन राजपाबाट प्रतिनिधि सभा कैलाली क्षेत्र १ बाट सांसद निर्वाचित भएका थिए । उनकै विशेष पहलमा नागरिक उन्मुक्ति पार्टी निर्माण भएक‍ो थियो । कैदमा रहदा उनले लेखेका पुस्तकहरु प्रकान भएका छन् ।

उनी रिहा हुने निश्चित भएसँगै उनको परिवारमा खुशी छाएको छ तर नेकपा (एमाले)का सचेतक महेश बर्तौला सहित केहीले असन्तुष्टी व्यक्त गरेका छन् ।

Leave a Reply