सरकारले उखुको मुल्य प्रति क्विण्टल रु.६३५ तोक्यो

नेपाल सरकारले उखुको मूल्य निर्धारण गरेको छ । आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले उखुको मुल्य प्रति क्विण्टल रु.६३५ निधारण गरेको छ र त्यसमा नेपाल सरकारले उखु किसानलाई प्रति क्विण्टल उखुमा रु.७० अनुदान दिने छ भने उखु किसानले चिनी मिलबाट प्रति क्विण्टल उखुको मूल्य र ५६५ पाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेेखा शर्माको भनाइ छ ।

यता चिनी मिलले आफूले खरीद गरेको उखुको रकम समयमा उखु किसानलाई भुक्तानी नगर्दा उखु किसानहरु समस्यामा पर्ने गरेका छन् । जसका कारण कतिपय उखु किसान उखु हटाएर त्यहाँ अन्य बाली लगाउन थालेका छन् ।

Leave a Reply