सर्वोच्च अदालतको परमादेशले ढल्यो कोशी प्रदेश सरकार

सर्वोच्च अदालतले नेपाली कांग्रेसका कोशी प्रदेश सभा दलका नेता उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक भएकोले ७ दिन भित्र नेपालको संविधान, २०७२ को धारा १६८ को उप-धारा २ बम‍ोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा कोशी प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढाउन र सो प्रक्रिया अनुसार नयाँ सरकार बन्न नसके नेपालको संविधान, २०७२को धारा १६८ को उपधारा ३ अनुसार कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा सरकार गठन गर्न कोशी प्रदेश प्रमुखलाई परमादेश जारी गरेको छ । यससँगै उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।

सर्वोच्च अदालतका न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र दिलबहादुर श्रेष्ठको इजालासले सो परमादेश जारी गरेको परमादेशमा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले तटस्थ भूमिका निर्वाह नगरी राजनीतिक दलका नेतालाई समर्थन गर्नु संवैधानिक शास्त्रीय र विधि शास्त्रीय नियम विपरीत रहेको उल्लेख भएको बताइएको छ ।

Leave a Reply