सर्वोच्च अदालतले रेशम चौधरी सहितलाई गरेको जन्म कैदको फैसलाप्रति नाउपा असन्तुष्ट

एक नावालक सहित ९ जनाको ज्यान जाने गरी २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा दोषी रहेको ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले पूर्व सांसद तथा नाउपाका नेता रेशमलाल चौधरीँ लगायतलाई जन्मकैदको फैसला गरेकोप्रति नाउपाका नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन् । नाउपाले पूर्व सांसद रेशमलाल चौधरी सहितको झुठा मुद्धा फिर्ता लिनु पर्ने माग गर्दै आएको थियो भने रेशमलाल चौधरीले पनि थारु आन्द‍ोलनको क्रममा टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको रक्तपातपूर्ण उक्त घटनामा आफ्नो सम्लग्नता नरहेको बताउदै आएका छन् ।

सर्वोच्च अदालका न्यायधीश आनन्दम‍ोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजालसले गरेको स‍ोही घटनामा सम्लग्न भएको अभियोगमा जेलमा रहेका सीताराम चौधरी र गंगाराम चौधरीलाई रिहा गर्न र लक्ष्मण थारु (चौधरी) लाई ५ वर्षबाट घटाएर ३ वर्षको कैद सजाय हुने फैसला गरेको सर्वोच्च अदालतका रजिष्टार विमल पौडेेेलले बताउनुभएको थियो तर यो फैसलाको पूर्ण पाठ भने आई नसकेको रजिष्टार पौडेलको भनाइ थियो ।

सर्वोच्च अदालतको यो फैसलाबाट पूर्व सांसद रेशमलाल चौधरी सहित हरिनारायण चौधरी , राजकुमार कठरिया , रामकुमार कठरिया , प्रदीप चौधरी र श्रवण चौधरीको विषयमा उच्च अदालत दिपायलको फैसला सदर भएको र लक्ष्मण थारू (चौधरी)लाई भने ५ वर्षको कैद सजायबाट घटाएर ३ वर्ष गरिएको बताइएको छ ।

Leave a Reply