सवारी दुर्घटनामा पत्रकार तथा लेखक पृथ्वीराज पोख्रेलको निधन 

पत्रकार तथा लेखक पृथ्वीराज पोख्रेलको सवारी दुर्घटनामा निधन भएको छ । गत शुक्रबार काठमाडौंबाट आफ्नो गृहजिल्ला तनहुँ जाने क्रममा उनी सवार ग २६ प ८१२९ नम्बरको म‍ोटर बाइकलाई बोलेरो जीपले ठक्कर दिँदा मान्द्रे खोलामा खसेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको खगि काफ्लेले बताएका छन् । 

दिवंगत पोख्रेल विचार डट कमका प्रधान सम्पादकका रुपमा कार्यरत थिए । उनका विचार डट कमका अतिरिक्त देशसञ्चार डट कम, शिलापत्र डटकम लगायतमा उनका दर्जनौँ लेखरचना प्रकाशित छन् । उनी नेपाल ल क्याम्पसका स्व.वि.यू. सदस्य समेत थिए ।

Leave a Reply