ललितपुरमा क्रियाशील सहकारी संघहरुले सहकारी क्षेत्रमा क्रियाशील सबैलाई जिम्मेवार बन्न अनुरोध गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै ती संघहरुले सदस्यहरुको बचत सुरक्षाको गर्न र सदस्यहरुको हक अधिकार र कर्तव्य ख्याल गरी धैर्य र संयमका साथ कार्य गर्न सबैलाई अनुरोध गरेका छन् । बचत फिर्ताका नाममा पछिल्लो समय देखिएको उच्छृङ्खल गतिविधिको ती संघहरुले विरोध गरेका छन् ।

यसैगरी जिल्ला सहकारी संघ लि., ललितपुरले पनि सहकारी क्षेत्रमा क्रियाशील सबैलाई धैर्य र संयम अपनाई आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न आग्रह गरेको छ ।






