सिफारिसमा २ नं.मा परेपनि त्रि.वि.को उपकुलपति नियुक्त प्रा.डा. बरालको क्यालेण्डर कार्यान्वयन गर्ने भनाइ

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसमा २ नं. मा परेपनि कुलपति पुष्पकमल दाहालको रोजाइमा पहिलो नं.मा परेपछि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजङ्ग बराल आज त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति हुनुभयो । सिफारिसमा १ नं.मा परेका प्रा.डा. चित्रबहादुर बुढाथोकीलाई पञ्छाएर सिफारिसमा २ नं.मा रहेका प्रा.डा. बराललाई उपकुलपतिमा नियुक्त गर्नुले कतिपयले त्रिभुवन विश्वविद्यालयमा फेरि राम्रो मान्छे नभई हाम्र‍ो मान्छे ल्याएक‍ो बताएका छन् तर सिफारिसमन पहिलो नं.मा रहेका प्रा.डा. चित्रबहादुर बुढाथोकी र तेस्रो नं.का टंकनाथ धमलाले उपकुलपति प्रा.डा. बराललाई त्रिभुवन विश्वविद्यालयलाई राम्रो बनाउन सक्नुहोस् भन्दै बधाइ दिए । धेरैले १ नं.मा सिफारिस भएका प्रा.डा. बुढाथोकी त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने अपेक्षा गरेका थिए भने कुनै कुनै पत्रपत्रिकाले प्रा.डा. बुढाथ‍की त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनेक‍‍ो भनेर समाचार प्रकाशन गरेका थिए भने कतिपयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनेको भन्दै सामाजिक सञ्जालमा बधाइ दिएका थिए । स्वयं प्रा.डा.बुढाथोकीले पनि सिफारिसमा पहिलो नं.मा रहेकोले आफू त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नेमा आशावादी रहेको बताएको समाचार सार्वजनिक भएको छ ।

आवेदन दिएका ४३ जनामध्येबाट छनौट भएर त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएपछि प्रा.डा. बरालले त्रिभुवन विश्वविद्यालयक‍ो शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्ने बताउनुभएक‍ो छ । आफ्न‍ो वचनमा उहाँ कत्तिको इमान्दार हुनुहुने हो , त्यो त आउने दिनमा देखिने नै छ । शैक्षिक क्यालेण्डर राम्रोसँग कार्यान्वयन नहुदा विद्यार्थीहरुले सास्ती बेह‍ोर्दै आएका छन् ।

Leave a Reply