सिम्रिक एयरको हेलिकप्टरको उडान पुन: सुचारु

नेपाल नागरिक उडान प्राधिकरणको आदेश पछि हिज‍देखि र‍ोकिएको सिम्रिक एयरका हेलिकप्टरको उडान आजबाट पुन: सुचारु भएको सिम्रिक एयर श्र‍ोतले जनाएको छ । नेपाल नागरिम उड्डयन प्राधिकरणले गरेक‍ो सिम्रिक एयरका हेलिकप्टरका फ्लाइट अपरेशन, सेफ्टी लगायतको परीक्षणमा समस्या नदेखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सिम्रिक एयरले आफ्ना हेलिकध्टरको उडान हुचारु गर्न अनुमती पाएको कताइएको छ ।

गत शुक्रबार संखुवा सभाको भ‍ोटखोला-४, सिप्रिङमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भई ४ जना घाइते र एक जनाको निधन भएका कारणले आइतबार नेपाल नागरिक उडडयन प्राधिकरणले आफूले परीक्षण पूरा नगर्दासम्म सिम्रिक एयरका जहाज उडानमा रोक लगाएको जनाइएको थियो ।

Leave a Reply