सुदूरपश्चिम प्रदेश सभा दलको नेतामा एमाले रावल र एसका नेतामा सोडारी चयन

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश सभा दलको नेतामा राछेन्द्र रावल र उप-नेतामा सन्तोषकुमारी शर्मा थापा निर्विरोध चयन हुनुभएको बताइएको छ । शुक्रबार अत्तरियामा सोही पार्टीका सुदूरपश्चिम प्रदेशका जेष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । दलको नेता बनेका रावल नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका सह-इञ्चार्ज हुन् भने थापा केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज हुन् ।

यस अगाडि नेकपा (एमाले)को १ धं. प्रदेश सभा दलको नेतामा हिक्मत कार्की , बागमती प्रदेश सभा दलको नेतामा जगन्नाथ थपलिया , गण्डकी प्रदेश सभा दलको नेतामा खगराज अधिकारी र कर्णाली प्रदेश सभा दलको नेतामा यामलाल कँडेल निर्विरोध चयन हुनुभयो ।

नेकपा (एस)को सुदूरपश्चिम प्रदेश सभा दलको नेतामा सोडारी चयन

नेकपा (एस)को सुदूरपश्चिम प्रदेश सभा दलको नेतामा दीर्घ सोडारी र उप-नेतामा प्रकाश रावल चयन हुनुभएको छ । शुक्रबार बसेको सो पार्टीको प्रदेश सभा दलको बैठकले उक्त दलको प्रमुख सचेतकमा नरेश शाही र सचेतकमा माया पन्तलाई चयन गरेको बताइएको छ । प्रदेश सभा दलको नेतामा चयन सोडारी सुदूरपश्चिम प्रदेशको भोतिक पूर्वाधार मन्त्री हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *