सुरेन्द्रप्रताप शाह स्मृति पुरस्कारबाट जनता साकोसका अध्यक्ष राजेशकुमार राजथला सम्मानित

भक्तपुरको सूूर्यविनायक नगरपालिका-४, चित्रपुरमा सञ्चालन भइरहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजेशकुमार राजथला सुरेन्द्रप्रताप शाह स्मृति पुरस्कारबाट सम्मानित हुनुभएक‍ो छ ।

३३औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अध्यक्ष राजथलालाई जेष्ठ नागरिक सहकारी संस्था लि.ले सो पुरस्कार प्रदान गरी सम्मान गरेको ह‍ो । सहकारी अभियान मार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानक‍ो कदर गर्दै उहाँलाई उक्त पुरस्कारबाट सम्मान गरिएको आयोजकको भनाइ छ ।

मिलनसार र सरल स्वभावका राजथलाको नेतृत्वमा समुदायमा आधारित रहेर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको जनता बचत तथा ऋण सहकारी संस्था लि. निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । भक्तपुरको चित्रपुरमा आफ्नै भवन निर्माण गरिरहेको त्यस संस्थाका अध्यक्ष राजथलाको अगुवाईमा त्यसै संस्थाका ३१ जना शेयर सदस्यले सञ्चालन गरिरहेको जनता मार्ट राम्र‍सँग सञ्चालन हुनुका साथै सामुहिक रुपमा केही गर्न चाहनेहरुका लागि प्रेरणाको श्र‍ोत बन्न सक्ने जानकारहरु बताउछन् ।

Leave a Reply