सुवास नेम्वाङको निधन, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा

नेकपा (एमाले)का उपाध्यक्ष तथा संंसदीय दलका उप-नेता एवं विघटित संविधान सभाका अध्यक्ष सुवासचन्द्र् नेवाङको

गएराती हृदयघातका कारण निधन भएको छ । निवासमा अचानक हृदयघात भएपछि त्रि.वि. शिक्षण अस्पताल लादै गर्दा ७ वर्षीय पूर्व सभामुख नेम्वाङको निधन भएको नेकपा (एमाले)का नेता खिमलाल भट्टराईको भनाइ छ । दिवंगत नेम्वाङको पार्थिव शरीर त्रि.वि.शिक्षण अस्पतालमा राखिएको छ

यता पूर्व सभामुख नेम्वाडको निधन भएको खबर पाए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सहित नेकपा (एमाले)का नेता कार्यकर्ता त्रि.वि. शिक्ण अस्पताल पुगेका छन् ।

२०५६ , २०७४ र २०७९ सालको प्रतिनिधि सभा तथा २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा दिवंगत नेम्वाङ इलाम क्षेत्र नं.२ बाट निर्वाचत हुनुभयो भने त्यस अघि उहाँ राष्ट्रिय सभाक‍ो सदस्य बन्नुभएको चियो । २०६३ सालमा पुनर्स्थापित भएको संसदको सभामुख भएका नेम्वाङ २०६४ र २०७० को निर्वाचनबाट बनेको संविधान सभाको अध्यक्ष र व्यवस्थापिका संसदको सभामुख बनेर कार्य गर्नुभएको थियो । २०७२ सालमा नेपालको संविधान घोषणा भएपछि भने नेम्वाङले सभामुखबाट हटेर नेकपा (एमाले)को संसदीय दलको उप-नेता हुँदै पार्टी राजनीतिमा पुन: सक्रियता बढाउनुभएको थियो ।

संसदीय राजनीतिमा प्रवेश गर्नु अघि नेम्वाङले नेपाल ल क्याम्पसमा प्राध्यापन गर्नु्का साथै कानुन व्यवसायी भएर काम गर्नुभएको थियो। पूर्व मन्त्री नेम्वाङ पहिलो पटक २०५१ सालमा कानुन, न्याय तथा संसदीय राज्यमन्त्री बन्नभएको थियो ।

Leave a Reply