सुशासनको माग गर्दै नेकपा र उसका ३ जनवर्गीय संगठनले बुझाए ज्ञापनपत्र

मुलुकमा आकाशिएको महङ्गी, भ्रष्टाचार , कालोबजारी र दण्डहीनता नियन्त्रण गरी श्रमजीवी जनतनलाई राहत प्रदान गरी मुलुकमा सुशासन र शान्तिसुरक्षा प्रदान गर्न माग गर्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समिति र सो पार्टी निकट ३ वटा जनवर्गीय संगठनले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल कम्युनिष्ट पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की, सो पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापा, पिपुल्स फ‍ोर्स नेपालका संय‍ोजक उत्सुक कट्टेल र अखिल नेपाल महिला युनियनकी केन्द्रीय सदस्य भवानी के.सी.ले हस्ताक्षर गरेको १२ बुँदे उक्त ज्ञापनपत्र ग्रहण गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले य‍ो ज्ञापनपत्र आफूले प्रधानमन्त्री कहाँ पठाई दिने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

Leave a Reply