सैंबुको टिपर निशेधित बाटोमा चलेका टिपर स्थानीयबासीले पठाए फिर्ता

ललितपुर महानगरपालिका वडा नं. १८ , सैंबुमा उद्य‍ोगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चोधरी नेतृत्वको चौधरी ग्रुप अन्तर्गतको सीजी हिल्सले निर्माणाधिन हाउजिङका लागि रातीराती टिपर प्रवेश निशेधित क्षेत्र सैंबुको भञ्ज्याङ्गबाट पुन: जथाभावी टिपरमा सामान ओसारपसार गराउदा वातावरण प्रदुषण भएको भन्दै स्थानीयबासीले विरोध गरेका छन् । उनीहरुले हेभी १० चक्के मालबाहक यातायातका साधनको गुडकाले गर्दा दिनदिनै बाटोको अवस्था नाजुक भै पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने समस्याले स्थानीयबासीको जीवनमा नकारात्मक असर परेको बताएका छन् । रातीराती जथाभावी चलाइएका टिपरका कारण रातभरी मानिसहरु सुत्न नसकेर जगै बस्नु पने तथा जथाभावी चलेका टिपरले बाटोका ढलको मङ्लहरुका बिर्को फुटालीदिदा दुर्गन्ध फैलिएर मानिसहरु विरामी पर्न थालेको उनीहरुको भनाइ छ ।

यसैगरि टिपरधनी पेमा लामाले दादागिरी शैलीमा चालकहरुलाई सैंबुको टिपर निशेधित बाटोमा जब्बरजस्ती टिपर चलाउन लगाएपछि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव राजकुमार थापा सहितका स्थानीयबासीले गएराती १ बजेतिर ५ वटा टिपरलाई ३ घण्टासम्म बाटोमै र‍‍ोकेर टिपरचालकलाई सम्झाईबुझाई गरि फिर्ता पठाएको अलगपथका ललितपुरका संवाददाताले जनाएका छन् ।

त्यहाँका स्थानीयबासीहरुले आफूहरुसँग स्थानीय प्रशासनले मालबाहक सवारी साधन गुड्ने विषयमा गरेको सहमती कार्यान्वयनमा सरकारी पक्ष उदासिन देखिएकोप्रति विरोध गर्दै स‍ो सहमती अविलम्ब अक्षरशः कार्यान्वयन गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी नेतृत्वको सीजी ग्रुपले सैंबुको ३ आना ३ पैशा ३ दाम सार्वजनिक प्रति जग्गा जालझेल गरि कब्जामा लिएको भन्दै त्यहाँका स्थानीयबासीले त्यसको चर्को विरोध गर्दै आएका छन् तर सरकारले भने उनीहरुको आवाज सुनेको नसुनै गरेको जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *