चौधरी ग्रुपको टिफर आतंक विरुद्ध सैंवुका स्थानीयबासी आक्रोसित

ललितपुर महानगरपालिका-१८, सैंवुमा चौधरी ग्रुपले पुन: टिफर आतंक मच्याएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । गाडी , टिफर लगायतका यातायातका साधन चलाउन निषेध गरिएको सो बाटोबाट चौधश्री ग्रुपले आफ्नो प्लटिङमाका लागि जब्बलजस्ती टिफर लान खोजेपछि गएराती ११:३० बजे तिर नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापा सहित स्थानीयबासीहरुले त्यसको प्रतिबाद गरेका बताइएको छ । प्रहरी प्रशासन र स्थानीय वडासँगको मिलेमत्तोमा चौधरी ग्रुपले आफ्नो प्लटिङमा पुग्ने गरी सार्वजनिक जग्गामा निजी बाटो बनाएको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । गए राती गाडी, टिफर लगायतका यातायात साधन चलाउन निषेध गरिएको उक्त बाटोबाट चौधरी ग्रुपले आफ्नो हाउजिङका सामान र त्यहाँ भत्काएको माटो ओसारपसार गर्न जब्बरजस्ती टिफर चलाउन खोजेपछि चौधरी ग्रुप र स्थानीयबासी बीच झडप हुने अवस्था बनेको स्थानीयबासीको भनाई छ । स्थानीयबासीले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि चौधरी ग्रुपले फेरि जब्बरजस्ती गर्न खोज्छ भने स्थानीयबासी चुप लागेर नबस्ने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार चौधरी ग्रुप हुने एक स्थानीय युवाको भनाई छ ।

Leave a Reply