नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको अध्यक्षतामा आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले टिकटक माथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीको भनाइ छ तर मन्त्रीपरिषदको बैठकको निर्णय भने सार्वजनिक भएको छैैन ।
टिकटकले ब्यथिति फैलाएको भन्दै नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले २०८० कार्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि पटक पटक नेपाल सरकारका प्रतिनिधिसँग टिकटकका प्रतिनिधिको छलफल भएको थियो । नेपालको कानुनलाई पालना गरि नेपालमा टिकटक सञ्चालन गर्ने टिकटक सञ्चालकले प्रतिबद्धता जनाएपछि टिकटक माथिको प्रतिबन्ध हटाएको बताइएको छ ।





