हिमनदी साकोस र तिलगंगा आँखा प्रतिष्ठानको आय‍ोजनामा नि:शुल्क आँखा शिविर हुदै

ललितपुर महानगरपालिका -९, भोलागणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि. र तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको संयुक्त आयोजनाामा २०८० बैशाख २३ गतृ शनिबार विहान ८:०० बजेदेखि अपरान्ह २:०० बजेसम्म च्यासलमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएक‍ो छ । उक्त आँखा शिविरमा रेडक्रस सोसाइटी ९ नं. उपशाखा, ललितपुर र च्यास: मंका खल: च्यासल, ललितपुरको पनि सहयोग रहने बताइएक‍ो छ । यो आँखा शिविरमा सहभागी भएर छानिएका म‍‍ोतिविन्दुका विरामीको तिलगंगा आँखा प्रतिष्ठान , काठमाडौंमा नि:शुल्क शल्यक्रियाको व्यवस्था गरिएको आय‍ोजकको भनाइ छ ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.ले वित्तीय कार‍ोवारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा रचनात्मक सामजिक कार्य गर्दै आएको छ । यो संस्थाको तरलताको अवस्था राम्रो रहेको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक घिमिरेको भनाइ छ ।

Leave a Reply