हेलिकप्टर दुर्घटनामा गुरुङको मृत्यु, घाइतेलाई उपचारका लागि काठमाडौं लगिय‍ो


संखुवासभाको भोटखोला गाउँपालिका -४, हटियाको सिप्रिङमा आज दिउँसो १:१० बजे सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुदा स‍ोही हेलिकप्टरका सहय‍ोगी समेत रहेका स्थानीय भविन गुरुङको निधन भएको र हेलिकप्टरका पाइलट क्याप्टेन सुरेन्द्र पौडेल, क‍ो-पाइलट छिरिङ भोटे, हेलिकप्टरका अर्का सहय‍ोगी मन‍‍ोज थापा र नेपाल विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका र घाइतेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरु ४ जनालाई उपचारका लागि काठमाडौ पठाइएको प्रहरीको भनाइ छ ।

हेलिकप्टर दुर्घटनामा घाइते भएका गुरुङको स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएक‍ छ ।

गोलाबाट सिप्रिङतर्फ अरुण हाइड्र‍ोपावरका सामान लिएर जादै गर्दा सो हेलिकप्टर सिप्रिङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

Leave a Reply