१०१औँ अन्तराष्ट्रिय सहकारी दिवसमा चन्द्रसूर्य साकोसमा रक्तदान कार्यक्रम र स्वास्थ्य शिविर सम्पन्न

१०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८० असार १६ गते ललितपुरको सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि., थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. र सातदोबाटोमा रहेको शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि.तथा लायन्स क्लवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । कन्तिपुर अस्पतालको प्राविधिक सहयोगमा सातदोबाटोस्थित सुमेरु मार्ट परिसरमा सम्पन्न सो रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई जिल्ला सहकारी संघ लि.,ललितपुरका उपाध्यक्ष तथा चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामशरण बसनेतले धन्यबाद सहित प्रमाण-पत्र प्रदान गर्नुभयो ।

यसैगरी सोही परिसरमा १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवशरमा २०८० असार १६ गते नै चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र सुमेरु अस्पतालको प्राविधिक सहोय‍गमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । उक्त स्वास्थ्य शिबिरमा १०० जना भन्दा बढीको रक्तचाप र पिसाव परीक्षण भएको आय‍ोजकको भनाइ छ ।

Leave a Reply