१३४औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा अखिल नेपाल ट्रेड यूनियन महासंघद्वारा चियापान कार्यक्रम आयोजना

१३४औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ (ANTUF) को आयोजनामा सोमबार ललितपुरमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भयो । शहीदहरुप्रति १ मिनेट मौनधारण गरि शुरु भएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले श्रमिकहरुले आफ्नो अधिकार प्राप्तीको लागि संसारमा ६,००० भन्दा बढी ठूला संघर्ष गरेका बताउने गरिन्छ तर पनि श्रमिकहरु माथिको शोषण र दमन यसबेलासम्म पनि कायमै रहेकोले शोषणबाट मुक्त हुन श्रमिक वर्गले एकजुट भएर संघर्ष गर्नुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । अखिल नेपाल ट्रेड यूनियन महासंघ, बागमती प्रदेश समितिका अध्यक्ष प्रम‍‍‍‍ोद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेेश समितिका अध्यक्ष अर्जुन कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै मई दिवसको महत्वको बारे प्रकाश पार्दै श्रमिक वर्गले अन्तर्राष्ट्रिय मजदुर दिवसबाट प्रेरणा लिई न्यायका निम्ति एकताबद्ध भएर संघर्ष गर्नु पर्नेमा ज‍ोड दिनुभयो । उहाँले श्रमिक वर्गको हक अधिकार सुनिश्चित गर्नकै लागि संसदवाद र अवसरवादको अन्त गरि नयाँ जनवादी गणतन्त्र स्थापनाको दिशामा नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको बताउदै मुलुकमा विद्यमान उदारवादी अर्थतन्त्रको जुवाबाट मुक्त हुन सामूहिक उत्पादनमा लाग्नु पर्ने आावश्यकता औंल्याउनुभयो । सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव एवं नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य राजकुमार थापाले ‘ठूला भनिएका ट्रेड यूनियनले मजदुरहरुको हक अधिकारको लागि संघर्ष गर्नुको सट्टा साहुहरुसँग मिलेर मजदुरहरुको हित विपरीत कार्य गरिरहेक‍ो बताउदै अखिल नेपाल ट्रेड यूनियन महासंघ शोषण र उत्पीडनको सिकार भएका मजदुरहरुको पक्षमा नयाँ शिराबाट संघर्ष अगाडि बढाउन प्रयत्न गरिरहेक‍ो छ’, भन्नुभय‍ो । उक्त कार्यक्रम सञ्चालन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पिपुल्स फ‍ोर्स नेपालका सह-संय‍जक निल गगनले श्रमिकहरुले भ‍ोग्नु परेका समस्याको बारेमा चर्चा गर्नुभयो । सोही अवसरमा समाजसेवी तथा किसान नेता हर्क महर्जन , अखिल नेपाल महिला यूनियन, बागमती प्रदेश समिति सदस्य मैना श्रेष्ठ, अखिल नेपाल किसान यूनियन , बागमती प्रदेश समिति संय‍ोजक गोविन्द खत्री लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वतन्त्र तथा विभिन्न पार्टी परित्याग गरेका नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका ९ जनालाई स्वागत गरियो ।

श्रमिकमुखी भएर राज्यले काम गर्नुपर्छ : खत्री

अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य राजकुमार खत्रीले

राज्यले श्रमिकमुखी भएर कार्य गर्नु पर्ने विचार व्यक्त गर्नु भएको छ । केही दिन यता अस्वस्थ भएर स्वास्थ्य उपचाररत खत्रीले स‍ोमबार १३४ंऔं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपालमा संगठित र असंगठित गरि ४० लाख जति श्रमिक रहेपनि सरकारले अगाडि बढाएको मजदुर पेन्सन कार्यक्रममा १६ हजार जति श्रमिक मात्रै समेटिएका र सरकारले अगाडि बढाएको सामाजिक सुरक्षा कोषको कार्यान्वपन ठीक ढंगबाट नहुदा यो कार्यक्रम श्रमिकहरुका लागि कागलाई बेल पाको हर्ष न विस्मत जस्तै भएको भन्दै मजदुरका लागि पेन्सन कार्यक्रममा सबै मजदुरहरुलाई समावश गर्न र सामाजिक सुरक्षा क‍ोषलाई श्रमिकहरुको हितमा राम्रोसँग कार्यान्वयन गर्नु पर्नेमा ज‍ोड दिनुभयो । उहाँले सबै खाले श्रमिकहरुक‍‍ो पेशागत सुरक्षाको ज्ञारेण्टी गरि उनीहरुलाई वैज्ञानिक र न्याय संगत ढंगबाट उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारलाई अनुर‍ोध गर्नुभयो । सरकारले स्वदेशमै उत्पादन वृद्धि र र‍ोजगारी सृजना गर्ने गरि कार्य गर्नु पर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

Leave a Reply