१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस औपचारिकतामा सिमित , श्रमिकहरुका समस्या ज्यूँका त्यूँ

सोमबार १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरि मनाइयो । सरकारले सोमबार यो दिवसमा सार्वजनिक बिदा दियो । राष्ट्रपति रामचन्द्र पौडेल , उपराष्ट्रपति रामसहाय प्रसाद यादव , प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली , जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (एस)मा अध्यक्ष माधवकुमार नेपाल , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे ‘र‍‍ोहित’ , विप्लव नेतृत्षको नेकपा महासचिव विप्लव सी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुति , नेकपा (मसाल)का महामन्त्री म‍ोहन विक्रम सिंह, नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपाली, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संय‍ोजक मोहन वैद्य ‘किरण’, नेकपा (माले)का महासचिव सीपी मैनाली लगायतले यो दिवसमा शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेल लगायतले शुभकामना व्यक्त गर्दै श्रमिकहरुका अधिकार सुनिश्चित भएक‍ो बताउनुभयो तर जानकारहरु भने श्रमिकहरु , त्यसमा पनि असंगठित क्षेत्रका श्रमिकहरु र तिनका परिवारले कष्टप्रद जीवन बिताउनु परिरहेक‍ो बताउछन् । एकातिर निजी क्षेत्र सहित र त्यसमा पनि असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुको पेशा सुरक्षित बन्न सकिरहेको छैन भने बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाहमा कडाई गर्दै गएर अन्तमा र‍ोकेपछि सानातिना उद्य‍म तथा व्यवसाय चौपट हुन थालपछि बेरोजगारी समस्या बढ्दै गएको छ । जसका कारण रोजगारीक‍ो खोजीमा धेरे नेपाली श्रमिकहरु विदेशिन बाध्य भएको देखिएको छ । श्रमिकका सामान्य बाहेकका समस्या समाधानमा सरकार र मजदुर संगठनहरुले चासो दिएक‍ो देखिदैन ।

सोमबार यो दिवसमा मजदुर संगठनहरुले विभिन्न कार्यक्रम पनि गरे तर वर्षात लगायतका कारणले य‍ो पटकको अन्तर्राष्ट्रिय श्रमिक दिवसमा भएका कार्यक्रमप्रति श्रमिकहरुको खासै चासो देखिएन । कार्यक्रममा मान्छे भेला गर्न ठूला भनिएका मजदुर संगठनलाई पनि सकस परेको देखियो । कतिपय मजदुर संगठनले कार्यक्रममा जान राम्रै रकम खर्च गरे तर धेरै श्रमिकले ठूला भनिएका मजदुरलाई धोका दिनेहरुको कार्यक्रम नजाने भनेर उनीहरुको कार्यक्रममा सहभागी नभएको श्रमिकहरु बताउछन् ।

Leave a Reply