१६ बुँदे चितवन घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न

नेपाल उद्योग परिसंघ अन्तर्गत महिला नेतृत्व फोरम (CNIWLF) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन-२०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनीकेन्द्रमा सम्पन्न भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै २०८० चैत्र १८ गते आइतबार सम्पन्न भएको हो । दुई दिनको सम्मेलनमा भएका बृहद छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको सो फोरमकी सभापति छायाँ शर्माले बताउनुभयो । कृषि तथा पशुपञ्छी विकास मन्त्रालय लगायतका सरोकारवाला निकाय समक्ष यो घोषणा पेस गरी नीतिगत सुधारकोलागि पैरवी गर्ने उहाँले बताउनुभयो । कृषि विकासमा महिला किसानको भूमिका अझै बढिरहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ज्ञारेण्टी हुनुपर्ने, महिलामैत्री कृषियान्त्रिकरण, कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने, कृषिमा बीमा र सहुलियत ऋणको प्रभावकारिता बढाउनुपर्ने, कृषिमा प्रयाप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हुनुपर्ने लगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

यो सम्मेलनको सहयोगी संस्थाहरुमा चितवन उद्योग संघ, युएस एड फिड द फ्युचर, एफएओ,हेफर इण्टरनेशनल, सेवा नेपाल, केएल दुगड ग्रुप र शिखर इन्स्योरेन्स, बैंकिङ पार्टनरहरुमा नविल बैंक, ग्लोबल आईएमई बैंक र कृषि विकास बैंक, एग्रिकल्चर पार्टनरमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, एग्रिकल्चर इनेब्लेटर पार्टटरमा आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि., े भेभरेज पार्टनरमा कोकाकोला, भेन्यु पार्टनरमा वि विल्ड, डिजिटल ट्रान्सफरमेसन पार्टनरमा ठूलो डट कम र नलेज पार्टर एसोसिसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्टस(अनाज) रहेको थिए ।

Leave a Reply