२०६२/०६३ को जन-आन्द‍ोलनका घाइते मुकेश कायस्थक‍ो निधन

२०६२/०६३ को जन-आन्दोलनका घाइते मुकेश कायस्थको शीर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा हिजो साझ ७:३० बजे ३२ वर्षको उमेरमा निधन भएक‍ो बताइएको छ । उनको आजै दाह संस्कार गर्ने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालको भनाइ छ ।

२०६२ चैत्र २७ गते जन-आन्द‍लनको क्रममा काभ्रेपलाञ्चोकको बनेपामा १४ वर्षीय मुकेश कायस्थ सुरक्षाकर्मीले चलाएको ग‍ोली लागि गम्भीर घाइते भएका थिए , जसका कारण उनी ३ वर्षसम्म अर्धचेत भए । त्यस क्रममा उनको काठमाडौं स‍ल्टीमोडस्थित स्पार्क हेल्थ होम लगायतमा प्राकृतिक उपचार समेत गरिएको थिय‍ो ।

३ वर्ष पछि कल्ल उनको अलेली ह‍‍‍‍‍‍ोस आएको थिय‍ो तर २०७५ सालमा अचानक उनको स्वास्थ्यमा समस्या आएपछि उनी पुन: अर्धचेत भएका थिए । त्यसयता उनको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार हुँदै आएको थियो ।

२०४८ भदौ ९ गते बनेपा नगरपालिका-८ मा जन्मिएका कायस्थको उपचार खर्च र एक नर्शको सरकारले व्यवस्था गरेको थियो । यसैगरी सरकारले उनलाई मासिक रु.१५,००० भत्ता र उनको स्याहार गर्ने सहयोगीलाई मासिक रुपमा रु.६,२०० प्रदान गर्दै आएको थियो । यस्तै उनको सम्मानमा काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (Civil Service Hospital of Nepal)ले अपरेशन कओको नाम मुकेश कायस्थ अपरेशन थेटर राखेको थिय‍ो ।

देशका लागि लड्दा अर्धचेत भएको छ‍ोराको अवस्थाले भन्दापनि देशमा भएका नराम्रा कार्य देख्ता आफूलाई दु:ख लाग्ने गरेको दिवंगत मुकेश कायस्थकी आमा मीरा कायस्थले कताउनुभएको थियो ।

Leave a Reply