२०७२ साल र त्यसपछि गएका भूकम्पले बनाएको घाउ अझै पुरिएन

२०७२ सालको भूकम्प गएको ९ वर्ष बितेको छ तर यो र यसपछि गएका भूकम्पले बनाएको घाउ निको हुन सकेको छैन । न त भूकम्पको जोखिमबाट बच्न भरपर्दो संरचना नै निर्माण भएको देखिएको छ , जसले गर्दा बेलाबेलामा गएका भूकम्प र भूकम्पका पराकम्पले जनधनको क्षति हुँदै गएको छ भने सुरक्षित उपाय र संरचना नहुँदा मानिसहरु भूकम्पको त्रासबाट मुक्त हुन सकेका छैनन् । २०७२ र त्यसपछि गएका भूकम्प र भूकम्पका पराकम्पले क्षति पु-याएको भौतिक संरचना पूर्ण रुपमा नबन्दा मानिसहरुले कष्टपूर्ण जीवन बिताइरहेका छन् तर सरकार गर्न सक्ने कार्य पनि समय नगरेको पीडितहरु गुनासो छ ।

Leave a Reply