२५ करोड रुपैया ट्रकमा बरामत भएसँगै अपराधको नयाँ तौरतरिका खुलासा

आज विहान रसुवाको केरुङतर्फ जादैगरेको ना ७ ख १६५२ ट्रकमा फल्स बटमा राखेको अवस्थामा २५ करोड रुपैया प्रहरीले बरामत गरेसँगै तस्करीमा सम्लग्न व्यक्तिहरुले तस्करीका लागि अवलम्वन गर्ने गरेका नयाँ तौरतरिका खुलासा भएको छ । सुरक्षाकर्मीसँगको सेटिङ नमिलेर या सुरक्षाकर्मीले अपराध नियन्त्रणमा तदारुपता देखाएर यो रकम बरामद गरि यसबारेमा थप अनुसन्धान गरेको हो भन्नेबारेमा आगामी दिनमा देखिने जानकारहरु बताउछन् । नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारीमा दीपक थापा पुगेसँगै उनले अपराध नियन्त्रणका लागि नयाँ कदम चालेको संकेतको रुपमा यसलाई कतिपयले बुझेेको पाइएको छ । आजै गृह मन्त्रालयका उच्च अधिकारीबाट नेपाल प्रहरीको महानिरीक्षक पदको दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्लाहेका छन् । दण्डहीनता र अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न के कस्तो थप कदम चाल्ने हुन् त्यो आउदा दिनमा देखिने नै छ ।

उक्त रकम सहितको ट्रक र सो रकम लैजाने मुख्य व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुशान लामालाई काठमाडौंको झोरबाट पक्राउ गरेर अनुसन्धान शुरु गरेको र आजै यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । आज प्रहरीले पक्राउ गरेका लामालाई यस अघि रसुवाबाट गल्छीको बाटो हुँदै काठमाडौं आउदा कलकींमा ७ किलो सुन सहित प्रहरीले पक्राउ गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *