३० वर्ष बित्यो तर मदन-आश्रितको ज्यान गएको दासढुंगा हत्याकाण्ड अझै रहस्यमा

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको ज्यान गएको दासढुंगा हत्याकाण्ड अझै रहस्यमै छ । नेताद्वय भण्डारी र आश्रितसँगै एउटै कमिटीमा रहेर सँगै काम गरेका नेकपा (एमाले)का नेताहरु मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र खड्गप्रसाद शर्मा ओली पालैपालो नेपालको प्रधानमन्त्री र नेता भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी मुलुकको राष्ट्रपति बन्दा पनि दासढुंगा हत्याकाण्डको रहस्यको पर्दाफास हुन सकेन । दासढुंगा हत्याकाण्डका एक मात्र साछी रहेका चालक अमर लामाको पनि धेरै पहिला हत्या भइसकेको छ । दासढुंगामा नेताद्वय भण्डारी र आश्रितको शालिक निर्मार्ण गर्ने क्रममा दासढुंगा हत्याकाण्डको प्रमाण नष्ट भएको कतिपय जानकारहरु बताउछन् ।

यतिबेला नेताद्वय मदन भण्डारी र जीवराज आश्रितले नेकपा (माले) हुँदै नेकपा (एमाले)को निर्माण र नेपालको कम्युनिष्ट तथा देशभक्तिपूर्ण आन्दोलनमा पु-याएको य‍ोगदानलाई भन्दा पनि मदन-आश्रित स्मृति प्रतिष्ठान , मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोट्स क्लव जस्ता प्रतिष्ठानका नाममा जम्मा हुने धनराशीलाई नेकपा (एमाले) भित्रको एउटा पङ्तीले बढी महत्व दिने गरेको नेकपा (एमाले) र नेकपा (एस)मा रहेका कतिपयले भनेको सुनिएको छ ।

नेकपा (एमाले)ले सिद्धान्तको रुपमा जनताको बहुदलीय जनवादलाई अगाडि बढाएपनि तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीले २०४९ साल माघमा सम्पन्न नेकपा (एमाले)को एकताको पाँचौं महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमको रुपमा बहुदलीय जनवाद प्रस्तुत गरि त्यहाँबाट पारित भएको नेकपा (एमाले)का नेता टंक कार्कीले बताउदै आउनुभएको छ । सो महाधिवेशन सम्पन्न भएक‍ो साँढे ३ महिना पनि नबित्तै नेताद्वय भण्डारी र आश्रितको निधन भएकोले उहाँहरुले बहुदलीय जनवादको राम्रोसँग व्याख्या र विश्लेषण गर्न नभ्याएको कतिपय जानकारहरुको भनाइ छ ।

समय बित्तै जादा दासढुङ्गा हत्याकाण्ड तथ्य उजागर होला : ओली

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले

समय बित्तै जादा दासढुङ्गा हत्याकाण्ड तथ्य उजागर होला भन्नुभएको छ । बुधबार मदन-आश्रित स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्दै समसामयिक राजनीतिक गतिबिधिको बारेमा चर्चा गर्नुका साथै अरुले षडयन्त्र गरिरहेका छन् तर नेकपा (एमाले)ले नयाँ नेपाल निर्माण तथा समृद्ध नेपाल र सुखी नेपाली निर्माणको अभिभारा पूरा गर्ने संकल्प लिएको बताउनुभयो ।

मदन-आश्रित स्मृति दिवसको अवसरमा बुधबार नेकपा (एमाले)ले विभिन्न कार्यक्रम आय‍ोजना गरेका थिए ।

Leave a Reply