३५ वर्ष पछि मोरोक्को बन्यो समूह विजेता ,क्रोएसिया समूह उप-विजेतामै सिमित

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको समूह ‘एफ’ को लिग चरणको अन्तिम खेलमा क्यानाडालाई २-१ गोल अन्तले पराजित गरी सन् १९८६ पछि पहिलो पटक अफ्रिकन मुलुक मोरक्को समूह विजेता बन्दै नकाउट चरण प्रवेश गरेको छ । यसैगरी समूह चरणको अन्तिम खेलमा बेल्जियसँग गोल रहित बराबरी खेलेपछि सन् २०१८ को रुस फिफा विश्वकप फुटबलको उप- विजेता क्रोएसिया समूह ‘एफ’ को उप-विजेता बन्दै नकाउट चरण प्रवेश गरेको छ भने क्रोएसियासँग बराबरी खेलेको फिफा बरियतामा दोश्रो स्थानमा रहेको बेल्जियम र समूह चरणका ३ वटै खेलमा पराजित क्यानाडा लिग चरणबाटै बाहिरिए । समूह ‘एफ’ को लिग चरणका खेलमा क्यानाडा र बेल्जियमलाई पराजित तथा क्रोएसियासँग बराबरी खेलेको मोरोक्कोको ७ अंक र क्यानाडालाई पराजित तथा मोरोक्को र बेल्जियमसँग बराबरी खेलेको क्रोएसियाले ५ अंक बटुल्यो । लिग चरणबाटै बाहिरिएका सोही समूहको बेल्जियमले १ खेलमा जीत , एक खेलमा बराबरी र एक खेलमा पराजित बनी ४ अंक प्राप्त ग-यो भने तीनवटै खेल हारेको क्यानाडा अंक बिहीन रह्यो ।

नेपाली समय अनुसार मंगलबार साझ भएको समूह ‘एफ’ मा रहेका मोरोक्को र क्यानाडा बीचको लिग चरणको अन्तिम खेलको चौथो मिनेटमा मोरोक्कोका जियाचले पहिलो गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाए । त्यसैगरी खेलको २३औं मिनेटमा मोरोक्का युसुफले गोल गरेका थिए तर खेलको मोरोक्कोका नायफ अगुएईले ४०औं मिनेटमा आत्मघाती गोल गरी क्यानाडालाई एक गोल उपहार दिए । जारी विश्वकपमा यो पहिलो आत्मघाती गोल हो भने फिफा विश्वकप फुटबलको इतिहासमा यो १०१औं गोल हो ।

यसैगरी सोही समयमा बेल्जियम र क्रोएसिया बीच भएको लिग चरणको अन्तिम खेल गोल रहित बराबरीमा सकियो । दुबै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्ता बराबरी खेलेर अंक बाड्न बाध्य भए ।

नकाउट चरणमा समूह ‘एफ’ को विजेता मोरोक्कोले समूह ‘ई’को उप-विजेता स्पेनसँग र समूह ‘एफ’को उप-विजेता क्रोएसियाले समूह ‘ई’को विजेता जापानसँग खेल्ने छ ।

बेल्जियमका मुख्य प्रशिक्षकले त्यागे पद

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘एफ’ को लिग चरणबाटै आफ्नो देश बाहिरिएसँगै बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पद त्याग गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply