कर्मणा साकोसको २३औँ स्थापना दिवसमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

ललितपुरको सातदोबाट‍ोमा केेन्द्रीय कार्यालय र चापागाउँमा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको कर्मणा बचत तथा ऋण सहकारी संंस्था लि.को २३औँ स्थापना दिवसको अवसरमा २०८० भदौ ५ गते मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । सातदोबाटोस्थित आफनै भवन परिसरमा कर्मणा बचत तथा ऋण संस्था लि.को आयोज‍ना र कान्तिपुर हस्पिटल , रक्त सञ्चार केन्द्र,, तिनकुने,काठमाडौंको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भयो । सो संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा उपसमितिहरुका पदाधिकारी तथा सदस्यहरु, कर्मचारी तथा शेयर सदस्यहरु लगायतको उपस्थिति रहेक‍ो यो रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तादाताहरुलाई सोही संस्थाका अध्यक्ष कृष्णबहादुर महत लगायतले प्रमाण-पत्र प्रदान गर्नुभय‍ो ।

आफ्नो स्थापना दिवसको अवसरमा उक्त संंस्थाले हरेक वर्ष रक्तदान कार्यक्रम आय‍ोजना गर्दै आएको छ ।

रगत अभावले अस्पतालमा उपचार गरिरहेका विरामीहरुको स्वास्थ्य उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले साामाजिक उत्तरदायित्व अन्तर्गत हाम्रो यस संंस्थाले रक्तदान कार्यक्रम आय‍ोजना गरेक‍‍ो त्यसै संस्थाका व्यवस्थापक रमश घिमिरेको भनाइ छ ।

समुदायमा आधारित रहेर सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसाथ गरी सञ्चालन भइरहेको यो संंस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको यसका सूचकाङ्कहरुबाट देेखिएको छ ।

रक्तदान कार्यक्रमको झलक

Leave a Reply