चमेली कल्याणकारी साकोसको २०औं वार्षिक साधारण सभ सम्पन्न , घिमिरे अध्यक्षमा चयन

भक्तपुरको सूर्यविनायक नगरपालिका-१,बिरुवामा आफ्नै भवनमा मुख्य कार्यालय र गुण्डुमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को २०औं वार्षिक साधारण सभा शनिबार श्री कुलमाया भगवती माध्यमिक विद्यालय , बिरुवामा सम्पन्न भयो । सो साधारण सभाले प्रमोद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र सालिकराम घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत रुपमा चयन गरेको छ । उक्त सञ्चालक सञ्चालक समितिको नवनिर्वाचित उपाध्यक्षमा मिठाराम न्यौपाने , सचिवमा दीपककुमार न्यौपाने र कोषाध्यमा नवराज घिमिरे र सदस्यमा श्रीराम न्यौपाने , तीर्थराज चौलागाईँ , सन्तोष कार्की , अम्बिका चौलागाईँ घिमिरे, प्रकाश न्यौपाने , रमिला खत्री खड्का र विना गिरी हुनुहुन्छ । यस्तैगरी लेखा सुपरीवेक्षण समितिको सदस्यमा सञ्जय मिश्र र शरद रिसाल चयन हुनुभएको छ । नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक बाशुकाजी थापा र सदस्यद्वय राजेन्द्रकुमार श्रेष्ठ र उद्धव चौलागाईँले पद तथा गोपनियताको सपथ ग्रहण गराई निर्वाचित भएको प्रमाण-पत्र प्रदान गर्नुका साथै बधाई ज्ञापन गरी कार्यकालको पूर्ण सफलताको कामना गर्नुभयो । त्यसैगरी सोही संस्थाका नि:बर्तमान अध्यक्ष चन्द्रराज खड्काले लगायतले उक्त संस्थाको सञ्चालक समिति लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको कार्यकालको पूर्ण सफलताको कामना व्यक्त गर्नुभयो ।

उक्त बन्द-सत्र सञ्चालन हुनु अघि सो साधारण सभाको उद्घाटन-सत्र सञ्चालन भएको थियो । त्यस अवसरमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले पानसमा दीप प्रज्वलन गरी सो साधारण सभाको उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले

नेफ्स्कूनले सञ्चालन गरिरहेका योजना र कार्यक्रमको बारेमा प्रकाश पार्दै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई छिटो छरितो ढंगबाट गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने बताउनुभयो । त्यसैगरी जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष कृष्णबहादुर घजुले बैंकले निक्षेपमा व्याजदर बढाएर १३ प्रतिशत पु-याएको अवस्था रहेकोले सहकारीले १३ प्रतिशत व्याजदरमा निक्षेप संकलन गरेर १६ प्रतिशत व्याजदरमा कर्जा लगानी गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले जिल्ला सहकारी संघ लि.,भक्तपुरको अवस्था यतिबेला राम्रो भई यसले आफ्ना सदस्यहरुलाई १० प्रतिशतसम्म लाभांश दिन सक्ने अवस्था बनेको जानकारी दिनुभयो । यसैगरी सूर्यविनायक नगरपालिका वडा नं.४ का वडाध्यक्ष लछुराम न्यौपानेले सूर्यविनायक नगरपालिकाले यस नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको सेवा र व्याजदरमा एकरुपता कायम गर्ने बारेमा गृहकार्य भइरहेको बताउनुभयो । त्यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरीवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को गतिविधिको बारे प्रकाश पार्नु हुदै बढी ब्याजदर पाउने लोभमा परेर बाहिरबाट आएका कतिपय सहकारी संस्थामा वित्तीय कारोवार गरेका शेयर सदस्यको बचत रकम नै डुबेकोले शेयर सदस्यहरुले सहकारी संस्थाले दिने भनेको व्याजदरलाई हेरेर नभई उसले प्रवाह गर्ने सेवा र सुविधा हेरेर सहकारी संस्थामा सदस्य बनेर कारोवार गर्नु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले सहकारीका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले केही दिन अगाडि सहकारीको विषयमा दिएको अभिव्यक्ति आपत्तीजनक रहेको बताउनुभयो । यस्तै नेफ्स्कूनका थिमि शाखाका प्रमुख पेशलकुमार खड्काले समुदायमा आधारित चमेली कल्याणकारी साकोस नेफ्स्कूनको यस पटकको मुल्यांकनमा प्रदेश स्तरका उत्कृष्ट साकोस मद्येमा तेश्रो स्थानमा रहन सफल भएको जानकारी दिदै यो संस्था आगामी वर्षमा देशभरका साकोसहरुमध्ये उत्कृष्ट साकोस बन्न साकोस भनी कामना गर्नुभयो । यस्तै घरपरिवार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्रीकृष्ण बिष्टले यो संस्थाको प्रगति देख्ता आफूलाइ खुसी लागेको बताउनुभयो । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष चन्द्रराज खड्काको अध्यक्षतामा सम्पन्न यो साधारण सभामा मन्तव्य व्यक्त गरेका सबै बक्ताले समुदायमा आधारित रहेर चमेली कल्याणकारी साकोस राम्रोसँग सञ्चालन भएको यसका सूचकबाट देखिएको भन्दै प्रसन्नता व्यक्त गरी सो संस्थाको प्रगतिको कामना गर्नुभयो ।

साधारण सभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष अध्यक्ष चन्द्रराज खड्काले राज्यका संघीय , प्रदेश र सूर्यविनायक नगरपालिकाका ऐन , नियम तथा राज्यका सहकारीका नियमनकारी निकायहरुको निर्देशनलाई पालना गरी सहकारीको सिद्धान्त, मुल्य र मान्यतालाई आत्मसाथ गरी सञ्चालन भइरहेको हाम्रो यस चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.ले पल्स अनुगमन विधि अनुसार हरेक महिना आर्थिक विश्लेषण गर्दै संस्थाको योजना अनुसार कारोवारलाई व्यवस्थापन गरिएको छ भन्दै संस्थाको वार्षिक योजना अनुसार वार्षिक लक्ष्य हासिल गर्दै वित्तीय स्थायित्व हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरुको सक्रियता, शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारी मित्रहरुको मेहनत र परिश्रमले हाम्रो यस संस्थामा गत आर्थिक वर्षको अन्तसम्ममा कुल कारोवार रु.७२,९७,१६,१७४ , कूल आम्दानी रु.८,३२,०८,३९५ , कूल खर्च रु.५,९१,६१,३५८ र कूल मुनाफा रु.२,४४,०३,४३७ हुन गएको छ भन्दै त्यसका लागि सबैमा धन्यबाद ज्ञापन गर्नुभयो ।

उक्त संस्थाका उपाध्यक्ष हरिहर प्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा सोही संस्थाका सचिव मिठाराम न्यौपाने संस्थाको कार्यक्रमिक प्रतिवेदं , कोषाध्यक्ष सालिकराम घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक प्रमोद घिमिरेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । शेयर सदस्यहरु बीच ती प्रतिवेदन उपर छलफल भई साधारण सभाबाट तिनलाई सर्वसम्मत रुपमा पारित गरियो ।

साधारण सभाबाट संस्था एकीकरण र सेवाकेन्द्र थप गर्ने नीति तथा सो संस्थाले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफा मध्येबाट शेयर सदस्यहरुलाई रु.९०,७४,११२ लाभांश र रु.४३,५०,००६,४२ संरक्षित पूँजी फिर्ता कोष वापत प्रदान गर्ने नीति पारित भयो ।

सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठ , आयोजक संस्थाका पूर्व अध्यक्ष र सल्लाहकारहरु, दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष निर्जला दाहाल ढुंगेल, बालकोट बचत तथा ऋण सहकारी संस्था लि. उपाध्यक्ष सुमन महर्जन , हिञ्चोक भैरव बचत तथा ऋण सहकारी संस्था लि.का सचिव रामेश्वर न्यौपाने , ,जनता बचत तथा ऋण सहकारी संस्था लि.का सचिव राजु प्रजापती , चनमती बचत तथा ऋण सहकारी संस्था लि.का सचिव राजिव , मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक नविन उप्रेती लगायतको आतिथ्यता रहेको त्यस सभामा बिगतका वर्षहरुमा झैं यस वर्ष पनि आयोजकको तर्फबाट श्री कुलमाया भगवती माध्यमिक विद्यालयलाई सहयोग स्वरुप: कार्पेट प्रदान गर्नुका साथै सोही विद्यालयमा अध्ययनरत कक्षा ७ की परीचा राजथला र कक्षा ९ का राजेश तामाङलाई रु.१,५०० का दरले छात्रबृत्ति स्वरुप प्रदान गरियो । यसैगरी यो संस्थाका शेयर सदस्यहरुका छोराछोरीमध्ये २०७८ सालमा सम्पन्न एस.ई. ई.मा ३.९५ जीपीए ल्याएर उत्तीर्ण हुने विवेक श्रेष्ठ (शेयर सदस्य सन्तुमाया श्रेष्ठका छोरा ) र ३.८० जी.पी.ए. ल्याएर उत्तीर्ण हुने समता कट्टेल (शेयर सदस्य सिर्जना कट्टेलकी छोरी) लाई रु.३,००० का दरले नगद पुरस्कार सहित प्रशंसा-पत्र प्रदान गरी सम्मानित गरियो ।

सोही संस्थाकी ८७ वर्षीया जेष्ठ शेयर सदस्य देवकुमारी घिमिरू र ७८ वर्षीय जेष्ठ शेयर सदस्य ऋषिबहादुर राउतलाई रु.१,५०० का दरका नगद प्रदान गरी सम्मान गरिएको त्यस साधारण सभामा प्रमुख अतिथि र अतिथिहरु मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply