जिल्ला सहकारी संघ लि., ललितपुरको ३१औं वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ लि.,ललितपुरको ३१औं वार्षिक साधारण सभा आज उक्त संघको आफ्नै कार्यालय भवन , महालक्ष्मीस्थानमा सम्पन्न भयो । साधारण सभाको सोही संघका अध्यक्ष केदार गोर्खालीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

त्यस साधारण सभामा जिल्ला सहकारी संघ लि.,ललितपुरको सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै

उहाँले ललितपुर जिल्ला भरीका सम्पूर्ण सहकारी संघ/संस्थाहरुको अभिभावक संघको रुपमा रहेको जिल्ला सहकारी संघ लि.,ललितपुरको भूमिका महत्वपूर्ण हुने भन्दै यस संघको तर्फबाट सहकारी संघ/संस्थामा तरलताको अवस्थामा देखा परेका समस्याहरु तथा भविष्यमा हुन सक्ने जोखिम बारेको समस्या समाधानको लागि यसै संघको नेतृत्वमा ललितपुर जिल्ला स्तरीय संयन्त्र निर्माण गरिएको बताउनुभयो । उहाँले जिल्ला सहकारी संघ लि., ललितपुरको गतिविधि र भावी योजनाको बारेमा प्रकाश पार्दै ‘सहकारी बीचको एकता , समग्र सहकारी अभियानमा पारेको प्रभाव , सरोकारवाला निकाय बीचको सम्बन्ध , बेला-बेलामा सहकारीमा देखिने अन्यौलको समाधान एवं सहकारी मैत्री बहस पैरवीमा अग्रणी भूमिका ललितपुरका सहकारी संघ/संस्थाहरुको विशेषता भएकोले ललितपुर जिल्ला सहकारी अभियानमा आफ्नो छुट्टै विशेषता एवं पहिचान बोकेको जिल्ल हो’, भन्नुभयो । सहकारी ऐन,२०७४ र सहकारी नियमावली ,२०७५ का केही बुँदामा सहकारी अभियानको असहमती रहेतापनि समग्र सहकारी ऐन र नियमावलीले सहकारी अभियानको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले ऐन र नियमावलीका सहकारीको विकास र प्रवर्द्धनमा बाधक प्रावधान संशोधन गरी यो ऐन र नियमावलीलाई पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।

साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले सहकारीमा तरलताको महत्वको बारेमा चर्चा गर्दै सहकारी संघ/संस्थामा तरलता व्यवस्थापनमा ध्यान दिनु पर्ने खाँचो औंल्याउनुभयो ।

सोही संघका उपाध्यक्ष रामशरण बस्नेतले स्वागत मन्तव्य , सचिव अनिल वीर बज्राचार्यले सञ्चालन र व्यवस्थापक मनु जी.सी.ले संयोजन गर्नु भएको त्यस साधारण सभामा त्यसै संघका कोषाध्यक्ष रुपेश तिमिल्सिनाले

संघको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिटा संयोजक उपेन्द्र अवालेले

लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रतिनिधिहरु बीच छलफल गरी ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएको थियो ।

सोही संघका नि:बर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका नि:बर्तमान सञ्चालक माधव दुलाल , जिल्ला सहकारी संघ लि., ललितपुरका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु सहित ललितपुर जिल्लाका सहकारी संघ/संस्थाहरु प्रतिनिधिहरुको साधारण सभामा उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *