नव युवा साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न , कर्मचारीको तलव १० प्रतिशत बढ्यो

ललितपुर महानगरपालिका २०, मिखबहालमा रहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष अशोक महर्जनको अध्यक्षतामा २०७९ पुस ९ गते शनिबार सम्पन्न भयो । पाटनढोकास्थित पाटन उ.मा.वि.मा सम्पन्न साधारण सभाको मिखबहालका जेष्ठ (थकाली) आजु भैल महर्जनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यस अवसरमा सो संस्थाका प्रमुख सल्लाहकार कुललाल डंगोल , सल्लाहकार रुपककान्त राजोपाध्याय र आपुलाल महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै समुदायमा आधारित रहेर सञ्चालन भइरहेको नव युवा साकोसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरेको सेवा र यसले गरेको प्रगति सन्तोषजनक रहेको भन्दै यस संस्थाको थप प्रगतिको कामना गर्नुभयो । साधारण सभाको अध्यक्षता गर्दै उक्त संस्थाका अध्यक्ष महर्जनले

‘कोरोना महामारी तथा रुस- युक्रेन युद्धले उत्पन्न गरेको आर्थिक मन्दीको प्रभाव हामीहरुमा पनि परेतापनि शेयर सदस्य महानुभावहरुको विश्वास, साथ र सहयोग तथा कर्मचारीहरुको अथक मेहनत र परिश्रमले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ’, भन्नुभयो । हस्तकला उद्योगमा बढ्ता लगानी रहेको हाम्रो यो संस्थाले परिवर्तित समय अनुसार आफ्नो सेवालाई थप गुणस्तरीय बनाउदै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसै संस्थाका उपाध्यक्ष रवि महर्जनले स्वागत मन्तव्य र सह-सचिव सविना महर्जनले सञ्चालन गर्नु भएको त्यस साधारण सभामा सो संस्थाका सचिव शान्त बज्रचार्यले संस्थाको आर्थिक वर्ष २०७७/९७९ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित योजना , नीति तथा कार्यक्रम , कोषाध्यक्ष नारायण महर्जनले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट र लेखा सुपरीवेक्षण समितिकी संयोजक नविना महर्जनले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारण सभामा शेयर सदस्यहरु बीच छलफल गरी ती प्रतिवेदनहरु सर्वसम्मतीबाट पारित गरियो । साधारण सभाले पारित गरेको प्रतिवेदनमा कर्मचारीहरुको १० प्रतिशत तलव सुबिधा बृद्धि गर्ने विषयका साथै आर्थिक वर्ष २०७८/०७९ मा महिला १,२३१ र पुरुष ९३१ गरी जम्मा शेयर सदस्य संख्या २,१६२ जना , शेयर पूँजी रु.३,११,६९,००० , निक्षेप संकलन रु.२८,१४,६९,९८० , कर्जा प्रवाह रु.२२,१२,५१,८१२ र खुद मुनाफा रु.३४,२८,६६६ रहेको उल्लेख छ ।

शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको सो साधारण सभामा उक्त संस्थाका जेष्ठ शेयर सदस्य लुलाल डंगोल र योगमाया महर्जनलाई सम्मान गरियो । यसैगरी त्यस संस्थामा आर्थिक वर्ष २०७८/०७९ मा गरेको कारोवारको आधारमा उत्कृप्ट बर्ष सदस्य माहिला महर्जन , उत्कृष्ट बचतकर्ता सदस्य सन्दीपकुमार शाक्य , पार्वती महर्जन र माहिला महर्जन , उत्कृष्ट ऋणी सदस्य लक्ष्मी डंगोल , केशवबहादुर महत र माहिला महर्जन तथा उत्कृष्ठ कर्मचारी संस्थाकी सह-लेखा प्रमुख विन्दिरा ताम्राकारलाई पुरस्कार प्रदान गरी सम्मान गरियो ।

समय-समयमा शिक्षा तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बेलाबेलामा बिभिन्न रचनात्मक सामाजिक कार्य गर्दै आएको छ ।

Leave a Reply