पब्लिक को-अपरेटिभ लि.को २५औं वार्षिक साधारण सभा सम्पन्न , अध्यक्षमा पुन: महेशमान शाक्य चयन

ललितपुर महानगरपालिका-३, धोबिघाटमा रहेको पब्लिक को-अपरेटिभ लि.को २५औं वार्षिक साधारण सभा ४ वर्षे कार्यकालका लागि पुन: महेशमान शाक्यको अध्यक्षता सञ्चालक समिति र कृष्ण शंकर संगतको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै शनिबार कुमारी पार्टी प्यालेस गा:बहालमा सम्पन्न भयो ‌‌। सो सञ्चालक समितिको उपाध्यक्षमा गुणमुनि शाक्य , सचिवमा दिनेश ताम्राकार , कोषाध्यक्षमा सुनिल शाक्य र सदस्यमा अनार रत्न तुलाधर , रामकुमार बोगटी , सुरेन्द्र श्रेष्ठ , लजना श्रेष्ठ र रमिता शाक्य हुनुहुन्छ । यसैगरी लेखा सुपरीवेक्षण समिति सदस्यमा त्रिरत्न शाक्य र राकेश श्रेष्ठ हुनुहुन्छ ।

उक्त सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन हुनु अघि सोही संस्थाका अध्यक्ष महेशमान शाक्यको अध्यक्षता र पूर्व मन्त्री तथा साविक ललितपुर उप-महानगरपालिकाका पूर्व मेयर बुद्धिराज बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त साधारण सभाको प्रमुख अतिथि बज्राचार्यले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले पब्लिक को-अपरेटिभ लि.ले गरिरहेको प्रगति र उसले आफ्ना शेयर सदस्यहरुलाई राम्रो सँग प्रवाह गरिरहेको सेवाको प्रशंसा गर्दै शेयर सदस्यहरुले नियमित रुपमा राम्रो सँग सहकारीमा वित्तीय कारोवार गरी सहकारीको विकास र प्रबर्द्धनमा सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले संविधानमा राष्ट्रिय अर्थतन्त्रको तेश्रो खम्बा भनेर उल्लेख गरेर मात्रै भएन , व्यवहारमा पनि त्यो देखिनु परो भन्नुभयो । सोही सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष केदार गोर्खालीले

समुदायमा आधारित रहेर सञ्चालन भइरहेको पब्लिक को-अपरेटिभ लि.का सबै सूचाकाङ्क राम्रो रहेको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले बैंकले व्याजदर बढाउदा त्यसको अशर सहकारीमा परेकोले सहकारीको सन्दर्भ व्याजदरको नीति परिमार्जन गरी आधार दरमा आधारित रहेर सन्दर्भ व्याजदर लागू हुनु पर्ने बताउनुभयो । त्यसैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का पूर्व अध्यक्ष रामशरण घिमिरेले

समुदायमा आधारित रहेर सञ्चालन भएका पब्लिक को-अपरेटिभ लि. जस्ता सहकारी संस्थामा समस्या नरहेको बताउदै हल्लाको पछि नलागी सहकारी संस्थाहरुले सुशासन कायम गरी आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहमा लाग्नु पर्ने खाँचो औंल्याउनुभयो । बढी व्याजदर दिन्छु भन्ने सहकारी संस्थाले नै शेयर सदस्यहरुलाई ठगेको भन्दै शेयर सदस्यहरुले व्याजदरलाई हेरेर नभई संस्थामा सुशासन छ कि छैन भन्ने विषयलाई हेरेर वित्तीय कारोवारका लागि सहकारी संस्थाको छनौट गर्नु पर्ने बताउनुभयो ।

साधारण सभामा सोही संस्थाका अध्यक्ष महेशमान शाक्यले त्यस संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘समाजमा छरिएर रहेका स-सानो रकमला संकलन गरी पूँजी निर्माण गरी आफ्नो शेयर सदस्यहरुको जीवनस्तर माथि उठाई आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो यो संस्था आफ्नो २५औं वार्षिक साधारण सभा सम्पन्न गर्ने अवस्थामा पुग्दा आफ्नो लक्ष्यमा सफलताका साथ अगाडि बढिरहेको छ’, भन्नुभयो । उहाँले संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको क्रियाशीलता , शेयर सदसृय ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको योगदानका कारण निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको हाम्रो यो संस्थाको रजत वर्षको अवसरमा यो एक वर्षभरी बिभिन्न रचनात्मक सामाजिक क्रियाकलापहरु सञ्चालन गरिएको प्रसङ्ग उल्लेख गर्दै हाम्रो यो संस्थाले सञ्चालन गरेका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । यसैगरी उक्त संस्थाका कोषाध्यक्ष सुनिल शाक्यले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक मनिला चाम्लिङ्गले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारण सभामा शेयर सदस्यहरुले ती प्रतिवेदन उपर छलफल गरी पारित गरेका थिए । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा सो संस्थामा १,६५१ जना महिला र १,२८२ जना पुरुष गरी शेयर सदस्य संख्या २,९३३ जना , शेयर पूँजी रु.३,३७,९८,९०० , निक्षेप संकलन रु.३५,२७,४४,०५८.४७ , कर्जा लगानी रु.३८,२१,९५,१९९.७९ उल्लेख छ ।

त्यसै संस्थाका सल्लाहकार भुपेन्द्रधर राजोपाध्यायले धन्यबाद ज्ञापन , उपाध्यक्ष गुणमुनि शाक्यले स्वागत मन्तव्य र कर्मचारी सानु शाक्यले सञ्चालन गर्नु भएको सो सभामा उत्कृष्ट बाल बचतकर्ता (कक्षा १ देखि १० सम्मका) आराही श्रेष्ठ , त्रिज्ञा बज्राचार्य , लक्ष्मण महर्जन , मौसमी श्रेष्ठ , आश्रय श्रेष्ठ , साधना रञ्जित , आरिषा महर्जन , आर्शिया गोरखाली , लक्ष्यता श्रेष्ठ र आष्मा हाडालाई पुरस्कृत गरी सम्मान गरिएको थियो ‌

Leave a Reply