बलम्बु च्याउ सहकारी संस्था र श्री बाराही साकोसको अनुरोध

काठमाडौंक‍ो चन्द्रागिरि नगरपालिका-१२, बलम्बुुमा केन्द्रीय कार्याालय रहेको बलम्बु च्याउ सहकारी संस्था लि.ले नियमित मासिक बचत नगरेका र लगातार ३ पटकसम्म वार्षिक साधारण सभामा उपस्थित नभएका आफ्ना सदस्यलाई ३५ दिनभित्र सदस्यता पहिचान फाराम भरी सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ । अन्यथा सदस्यताबाट जिलम्वन गरिने बताइएको छ ।

यो संस्थाले च्याउको अध्ययन, अनुसन्धानका साथै च्याउ खेतीलाई प्रवर्द्धन गर्ने लगायतका कार्य गर्दै आएको छ ।

यता भक्तपुर नगरपालिका-४, भुलाँचामा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले आफनो तालिम हलमा २०८२ असार १ गते आइतबारदेखि (बेलुका ५:००-७:०० बजे) एक हप्ते उद्घोषण तालिम र २०८२ असार ८ गते आइतबारदेखि (केलुका ५:००-७०० बजे) ४ दिने समाचार लेखन तालिम आयोजना गर्ने भएको छ । तालिममा सहभागी हुन चाहनेले सम्बन्धित विषयको तालिम शुरु हुनुभन्दा दुई दिन अगाडिसम्ममा नाम दर्ता गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *