राष्ट्रिय सहकारी बैंक लि.को ७ पदमा पुस १६ गते निर्वाचन हुने , उम्मेद्वारहरु मत माग्न व्यस्त

राष्ट्रिय सहकारी बैंक लि.को सञ्चालक समितिका ५ सदस्य र लेखा सुपरीवेक्षण समितिका २ सदस्य पदमा २०७९ पुस १६ गते शनिबार निर्वाचन हुने भएको छ । सो बैंकको खुल्ला तर्फको ४ सञ्चालक पदमा माधव दुलाल , केदार मानन्धर , मनोज भण्डारी , मनोजकुमार थापा मगर , बाबुराम घिमिरे , माधवलाल देवकोटा , ध्रुवनारायण यादव ,स्वयम्भुनाथ यादव , ध्रुवराज विष्ट , डा.जीवनकुमार श्रेष्ठ, भरतप्रसाद दवाडी , निरञ्जन सुबेदी , राजेन्द्रप्रसाद रिजाल , नवराज न्यौपाने , ,हरिबहादुर खड्का र टीकाराम चालिसे गरी १६ जना उम्मेद्वार हुनुहुन्छ । यस्तै कर्णाली प्रदेश तर्फको १ सञ्चालक पदमा कालीबहादुर महतारा र विशाल के.सी. गरी २ जनाको उम्मेद्वार हुनुहुन्छ । यस्तैगरी लेखा सुपरीवेक्षण समितिका खुल्ला तर्फको १ सदस्य पदमा केशवप्रसाद सापकोटा ,भवानीप्रसाद दंगाल, महेशकुमार आचार्य र गणेशबहादुर चन्द गरी ४ जना तथा लेखा सुपरीवेक्षण समितिको महिला तर्फको १ सदस्य पदमा चन्द्रकुमारी पराजुली र कृष्णाकुमारी बंशी गरी २ जना उम्मेद्वार हुनुहुन्छ । चुनावको मिति नजिकिएसँगै यतिबेला ती पदहरुका उम्मेद्वारहरु मतदाताहरुसँग मत माग्न व्यस्त छन् ।

ती पदमा यही पुस १६ गते शनिबार बिहान ११:३० बजेदेखि अपरान्ह ५:०० बजेसम्म मतदान हुने छ भने मतदान सकिएपछि मतपेटिका संकलन गरेर मतगणना गर्ने कार्यातालिका रहेको निर्वाचन समितिले जनाएको छ । यस्तै यही पुस १८ गते काठमाडौंमा उक्त बैंकको १९औं वार्षिक साधारण सभाको समापन कार्यक्रमका अवसरमा सो निर्वाचन समिमिले त्यस निर्वाचनको मतपरिणाम घोषणा , सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका विजेता पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएर उनीहरुलाई विजेता प्रमाण-पत्र प्रदान गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

यस अघि नै राष्ट्रिय सहकारी बैंक लि.को अध्यक्षमा के.बी. उप्रेती तथा सञ्चालकमा प्रदेश नं.१ बाट महेन्द्र गिरी , मधेश प्रदेशबाट विश्वनाथ मण्डल , बागमती प्रदेशबाट रामहरि बजगाईँ, गण्डकी प्रदेशबाट रामबहादुर जी.सी., लुम्बिनी प्रदेशबाट विजया धिताल , सुदूर पश्चिम प्रदेशबाट शिवा थापा तथा खुल्ला महिला तर्फबाट अमृता सुब्बा , तारा गुरुङ र पार्वती थापा एवं लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद उप्रेती निर्विरोध चयन हुनुभएको छ । यीमध्ये लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेश तर्फको सञ्चालक पद महिलाको लागि सुरक्षित गरिएको थियो ।

सोही बैंकको १९औं वार्षिक साधारण सभा अन्तर्गत यही पुस १६ गते शनिबार बिहान ८:०० बजेदेखि १ नं. प्रदेशका सबै जिल्लाहरुको विराटनगर , मधेश प्रदेशका सबै जिल्लाहरुको जनकपुर , बागमती प्रदेशका सबै जिल्लाहरुको काठमाडौं उपत्यका , गण्डकी प्रदेशका सबै जिल्लाहरुको पोखरा , लुम्बिनी प्रदेशका सबै जिल्लाहरुको बुटवल, कर्णाली प्रदेशका सबै जिल्लाहरुको सुर्खेत र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुको धनगढीमा इकाई भेलाहरु हुने र माइनेटमा हस्ताक्षरका लागि ती भेलाहरुबाट छनौट भएका प्रतिनिधिहरु सहितको उपस्थितिमा काठमाडौंमा उक्त साधारण सभाको समापन कार्यक्रम हुने छ ।

Leave a Reply