लोकेश्वर साकोसको कविलासमा अवलोकन भ्रमण सम्पन्न


भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.कोे आयोजनामा यही चैत्र ४ गते शनिबार स‍ोही संस्थाका सदस्यहरुको नुवाकोट जिल्ला स्थित कविलासको अध्ययन अवलोकन भ्रमण तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संस्थाका २८१ जना सदस्य तथा ३४ जना बाल बचतकर्ता गरी ३१५ जना सदस्यहरुको उपस्थिति रहेको उक्त भ्रमण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले भ्रमण स्थलको धार्मिक तथा सामरिक महत्वको बारेमा चर्चा गर्द भ्रमणबाट सदस्यहरुलाई नयाँ ठाउँ तथा उक्त क्षेत्रको भौगोलिक स्थितिबारे बुझ्न सकिने हुदा यस्ता भ्रमण नियमित रुपमा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं.२ का जनप्रतिनिधि श्यामसुन्दर मातांले संस्थाबाट आयोजित भ्रमणमा संस्थाका सबै उमेर समूहका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाबाट व्यवस्थित शहरीकरण सहित बहुमत जनताको हितका निम्ति देकोमिवा–इतापाके आयोजना सञ्चालन गरेकोले सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै आयोजना तथा नगरपालिकामा भइरहेका विविध गतिविधिहरुको बारेमा जानकारी दिनुभयो ।
यसैगरी कार्यकर्ममा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले यस्ता भ्रमणबाट सदस्यहरुले देशको फरक-फरक ठाउँको बारेमा अध्ययन गर्ने र बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयोे । उहाँले सहकारी संस्थाले वित्तीय कारोबार मात्र नभई सदस्यहरुको आर्थिक, सामाजिक एवं सास्कृतिक स्तर उकास्ने कार्यक्रमहरु सञ्चालन गर्नुका साथै धार्मिक तथा मनोरञ्जनात्मक स्थल र भौगोलिक जानकारीमूलक अध्ययन अवलोकन भ्रमणको आयोजना गरेकोे र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसै संस्थाका सञ्चालक एवं युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक राजु छुकांको अध्यक्षतामा भएको कार्यक्रममा सोहौ संस्थाका युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका सदस्य इन्द्रभक्त पंच र व्यवस्थापक प्रशान्त मानन्धरले पनि आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *