राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपाल र नेपाल बहुउद्देश्यीय केन्द्रीय संघ लिमिटेडले सहकारीमा बचतको सीमा तोक्ने गरी ऐन शंसोधन गर्नु गलत भएको भन्दै त्यसको विरोध गरेका छन् । उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै त्यसो गर्न नहुनेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघ लि., नेपालले सहकारी सन्दर्भ व्याजदर अव्यवहारिक भएको भन्दै त्यसको सट्टा स्वचालित व्याजदर कायम गर्न माग गरेको छ ।







