कतार फिफा विश्वकप फुटबलमा पोर्तुगललाई हराउदै मोरोक्को सेमी फाइनल प्रवेश

भर्खरै सकिएको कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको तेश्रो क्वाटर फाइनल खेलमा पोर्तुगललाई १-० गोल अन्तरले हराउदै मोरोक्को सेमी फाइनल चरणमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा मोरोक्कोका युसेफ इन नेस्यरीले गोल गरी मोरोक्कोलाई अग्रता दिलाए । खेलमा पोर्तुगलका खेलाडीले गोल फर्काउन कोशिस गरेका भएपनि गोल गर्न भने सकेनन् । खेलको पहिलो हापमा बेञ्चमा बसेका पोर्तुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले खेलको दोश्रो हापको ५१औ मिनेटमा मैदान प्रवेश गरी खेल खेलेपनि पोर्तुगलले गोल फर्काउन भने सकेन ।

यो जीतसँगै मोरोक्को फिफा विश्वकप फुटबलको सेमी फाइनल पुग्नै पहिलो देश बनेको छ । यो विश्वकप फुटबलको सेमी फाइनल चरणको खेलमा अफ्रिकन टोली मोरोक्कोले भरे राती १२:४५ बजे फ्रान्स र इङ्ल्याण्ड बीच हुने अन्तिम क्वाटर फाइनल खेलको विजेता टोलीसँग खेल्ने छ ।

Leave a Reply