प्रधानमन्त्री ओलीको विद्यार्थी फेल भए शिक्षकको तलव बढ्दैन भन्ने भनाई कार्यान्वयन गर्न माग

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई (SEE)को कुनै विषयमा विद्यार्थी फेल भए सम्बन्धित विषयका शिक्षकको तलव सुविधा बढ्दैन’, भन्नुभएको छ । हालै काठमाडौंमा आय‍ोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकले राम्रो बुझाएर नपढाउने अनि विद्यार्थी फेल हुने , शिक्षकले राम्र‍सँग विद्यार्थीलाई शिक्षा प्रदान नगरेकैका कारण विद्यार्थीले फेल हुनु पर्ने भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको यो भनाई स्वागतयोग्य भएकोले उहाँको यो भनाई व्यवहारमा कार्यान्वयन हुनुपर्छ र एसईईमा मात्रै नभएर यसलाई सबै तहमा लागू हुनुपर्छ’, सरोकारवालाहरुको भनाई छ । अधिकांश सार्वजनिक विद्यालयका शिक्षक पढाउने भन्दापनि अर्थोकै काममा बढी लाग्दा कतिपय संस्थागत सहित अधिकांश सार्वजनिक विद्यालयको एसईईको नतिजा सन्तोषजनक छैन ।

‘नेपालको संविधान,२०७२ मा कक्षा ८ सम्मको शिक्षा नि:शुल्क र अनिवार्य हुने उल्लेख भएकोले यो प्रावधान सबै विद्यालयमा कार्यान्वयन हुनुपर्छ र विद्यार्थीले चाहेको जुनसुकै विद्यालयमा पनि नि:शुल्क अध्ययन गर्न पाउनुपर्छ र यो प्रावधानलाई कक्षा १२ र उच्च तहसम्म लागू गरिनुपर्छ’, अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *