Category समाचार

एमसीसी सम्झौता विरोधी संघर्षको रुपमा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउदै ६महिला संघ

काठमाडौं/ एमसीसी(MCC) सम्झौताको विरोधमा संघर्षरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चा निकट ६ महिला संघले यही फागुन १५ गते संसदबाट अनुमोदन भएको एमसीसी सम्झौता विरोधी संघर्षको रुपमा आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन लागेको जनाएका छन् । अखिल नेपाल…

आरबी भण्डारीलाई उपाध्यक्ष चयन गर्दै नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौं / बरिष्ठ नेता रामबहादुर भण्डारीलाई उपाध्यक्षमा चयन गर्दै नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । यही फागुन २१ गतेदेखि काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा बसेको सो बैठकले अध्यक्ष ऋषि कट्टेल, उपाध्यक्ष रामबहादुर भण्डारी…

एमसीसी(MCC) सम्झौताको विरोधमा ६ विद्यार्थी संगठनद्वारा संयुक्त संघर्षको घोषणा

काठमाडौं/ एमसीसी(MCC) सम्झौता खारेजीको माग गर्दै संघर्षरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चा निकट ६ विद्यार्थी संगठनले संसदबाट अनुमोदन भएको एमसीसी(MCC) सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गर्दै संघर्षको कार्यक्रम घोषणा गरेका छन् । अखिल नेपाल विद्यार्थी यूनियनका संयोजक मनिष…

स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिन प्रयोग गर्नु पर्ने आवाज

काठमाडौं/ सरकारले २०७९ बैशाख ३० गते देशैभर एकै चरणमा गर्ने भनेर घोषणा गरेको स्थानीय तहको निर्वाचनमा विधुतीय भोटिङ मेसिन प्रयोग गर्नु पर्ने आवाज उठिरहेको छ तर निर्वाचन आयोगले भने व्यवहारिक कठिनाई जस्ता अफ्ठ्यारो रहेको भनदै यसबेलासम्म सो निवार्चनमा भोटिङ मेसिनको…

अखिल नेपाल महिला यूनियनको अध्यक्षमा शशिकला घिमिरे

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको जन संगठन अखिल नेपाल महिला यूनियनको अध्यक्षमा शशिकला घिमिरे चयन हुनु भएको छ । यही फागुन २१ र २२ गते काठमाडौंमा बसेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले घिमिरेको अध्यक्षतामा अखिल नेपाल महिला यूनियनको केन्द्रीय समिति…

एमसीसी सम्झौताको नाममा नेपालमा अमेरिका आए आतंकवाद भित्रिने खतरा छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राष्ट्रघाती एमसीसी (MCC) सम्झौता कार्यान्वयन गर्ने नाममा अमेरिका नेपालमा आएमा ऊसँगै आतंकवाद पनि भित्रिने खतरा रहेको बताउनु भएको छ । यही फागुन १५ गते नागरिकहरुको व्यापक विरोधका बाबजुद संसदबाट एमसीसी सम्झौता पारित भएको…

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदलाई गराइयो सपथ ग्रहण

काठमाडौं/ राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदलापद तथा गोपनीयताको सपथ गराइएको छ । आज दिउसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ती सांसदहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुको…

नेकपाले ग-यो नेतात्रय सुवेदी, मल्ल र जोशीलाई पार्टी सदस्यता समेतबाट निस्काशन

काठमाडौं/ आजबाट जारी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले यही फागुन ३ गते बसेको सो पार्टीको सचिवालयको बैठकले उक्त पार्टीको हित विपरित गतिविधि गरेको ठहर गर्दै सोही पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदी तथा केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र…

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक शुरु

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ । काठमाडौंको बानेश्वरमा शुरु भएको सो बैठक सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले अध्यक्षता गर्नु भएको छ । उक्त बैठक त्यस पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन पछिको पहिलो पटक बसेको बताइएको…

पहिला संसदीय चुनाव कि स्थानीय तहको चुनाव भन्ने अलमलमा सत्ता गठबन्धन

काठमाडौं/ सरकारले एकै चरणमा स्थानीय तहको चुनाव गर्ने भनेर आगामी बैशाख ३० गते उक्त चुनावको मिति तय गरेको छ र निर्वाचन आयोग पनि सो निर्वाचनको तयारीमा लागेको देखिएको छ तर सत्ता गठबन्धन भने पहिला संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको…