Category समाचार

मन्त्री बनेको १४ दिनमै श्रम मन्त्री साह बर्खास्त, स्वास्थ्य मन्त्री निशालाई उन्मुक्ति

प्रधानमन्त्री बाालेन्द्र साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई आज बर्खास्त गर्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेको लिखित सिफारिसमा मन्त्री बनेको १४ दिनमा नै प्रधानमन्त्री साहले मन्त्री साहलाई बर्खास्त गरेको बताइएको छ । रक्षा र उद्योग, वाणिज्य…

उप-सभामुखमा सांसदद्वय रुवी र सरस्वतीको उम्मेद्वारी, रुवीको जीत निश्चित

प्रतिनिधि सभाको उप-सभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाको उम्मेद्वारी परेको छ । आज विहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको निर्धारित समयमा सांसदद्वय ठाकुर र लामाको मात्र उम्मेद्वारी परेको संघीय संसद…

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संविधानसभा सदस्य दीपक कार्कीलाई मातृशोक

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा बिघटित संविधानसभाका सदस्य दीपक कार्कीलाई मातृृशोक परेको छ । उहाँहरुकी आमा जानुका देवी कार्कीको ९१ वर्षको उमेरमा गत साझ ७:४५ बजे निधन भएको हो ।

सहकारीमा कानुनी प्रक्रिया भन्दा व्यवहारिकतालाई बढी प्राथमिकता दिँदा समस्या सिर्जना

सहकारी क्षेत्रमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानका लागि व्यावहारिक पक्षलाई मात्र नहेरी कानुनी प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सहकारी समन्वय उप-समितिद्वारा आयोजित ‘सहकारीमा कर्जा असुली न्यायाधिकरण सम्बन्धी अभिमुखिकरण…

अधिवक्ता डा. नारायणदत्त कँडेल महान्यायधिवक्ता नियुक्त

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमाअधिवक्ता डा.नारायणदत्त कँडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम महान्यायधिवक्ता नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । पत्रकारिता पृष्ठभूमि भएका बागलुङका डा.कँडेलले वि.सं.२०६० सालदेखि वकालत शुरु गर्नुभएको बताइएको छ ।

सांसद डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख चयन

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा चयन हुनुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकको अध्यक्षता गरेका जेष्ठ सांसद अर्जुननरसिंह के.सी.ले सांसद अर्यालको मात्र सभामुख पदमा उम्मेद्वारी परेको सूचना प्राप्त भएको भन्दै उहाँ सभामुख पदमा…

आजबाट एसईई शुरु हुदै, उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाचिने

आजबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) शुरु हुदैछ । यही चैत्र २९ गते सम्पन्न यो परीक्षा १,९६६ वटा परीक्षा केन्द्रबाट देशभरा एकसाथ हुदैछ । ११,३७९ वटा माध्यमिक विद्यालयका नियमिततर्फ ४,४१,५६६ र ग्रेड वृद्धितर्ट ७०,८५५ गरी ५,१२,४२१ जना विद्यार्थीले एसईई…

जिल्ला सहकारी संघ लि.,ललितपुरको अध्यक्षमा जगतलाल र सचिवमा अनिल वीर निर्वाचित

बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनको अध्यक्षतामा जिल्ला सहकारी संघ लि. ललितपुरको नयाँ सञ्चालक समिति चयन भएको छ । २०८२ चैत्र १५ गते आइतबार सम्पन्न निर्वाचनबाट महर्जन सोही संघका निवर्तमान अध्यक्ष केदार गोरखाली श्रेष्ठलाई पराजित गरी अध्यक्षमा…

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी यूनियन भंग

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी यूनियन आजबाट भंग भएको छ । सो यूनियनका अध्यक्ष राजु ओलियाद्वारा हस्ताक्षर गरि जारी गरिऐको सूचनामा सो कुरा उल्लेख छ ।

पुष्पकमल दाहाल नेपाली कम्युनिष्ट पार्टीको संसदीय दलको नेता चयन

नेपाली कम्युनिष्ट पार्टीका संय‍ोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स‍ो पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ । काठमाडौंको पेरिशडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको उक्त पार्टीको संसदीय दलको बैठकले संयोजक दाहाललाई सोही पार्टीको संसदीय दलको नेता…