Category सहकारी

वचन साकोसका संस्थापक सदस्यहरुको वार्षिक भेला सम्पन्न

२०८१ जेष्ठ १८ गते शक्रबार काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक सदस्यहरुको वार्षिक भेला , लघु (सुक्ष्म) बचत तथा कर्जा परियोजना र शिक्षा कार्यक्रम, २०८१ सम्पन्न भयो । सो कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न

२०८१ जेष्ठ १७ र १८ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजनामा होटल सिटी गाँउ, भक्तपुरमा दुई दिवसीय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भयो । उक्त तालिम समापन समार‍ोहमा मन्तव्य व्यक्त गर्दै भक्तपुर…

ललितपुर जिल्ला बचत संघको आयोजनामा साकोस कोषाध्यक्ष ग‍ोष्ठी-२०८१ को उद्घाटन कार्यक्रम सम्पन्न

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा आज काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित मिरावल रिर्सोट एण्ड होटलमा आवासीय २ दिवसीय साकोस कोषाध्यक्ष गोष्ठी-२०८१ को उद्घाटन कार्यक्रम सम्पन् भयो । भोलिसम्म सञ्चालन हुने सो गोष्ठी को उद्घाटन बागमती प्रदेश सरकारका…

नेपाल सरकारको आ.व.२०८१/८२ को बजेटमा सहकारीको बारेमा त्यस्तो नयाँ केही छैन (भिडियो)

नेपाल सरकारको आ.व.२०८१/८२ को बजेटमा सहकारीको बारेमा त्यस्तो नयाँ कार्यक्रम नआएको सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले बताउनुभएको छ । आज अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले सहकारीमा समस्या आउनुमा सरकार द‍ोषी रहेको विचार व्यक्त गर्नुभयो । सहकारीका समस्याको बारेमा अध्ययन गर्न…

ललितपुर जिल्ला बचत संघले जेष्ठ १८ र १९ गते ‘साकोस कोषाध्यक्ष गोष्ठी -२०८१’ आय‍ोजना गर्ने

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा सहकारी संस्थाको संस्थागत विकासका लागि आवश्यक विषयहरुलाई समेटेर काभ्रेपलाञ्चोक जिल्ला सदरमुकाम धुलिखेलस्थित मिरावेल रिर्सोट एण्ड होटेलमा यही जेष्ठ १८ र १९ गते २ दिवसीय आवासीय साकोस कोषाध्यक्ष गोष्ठी २०८१ हुने…

महिला ट्राफिक प्रहरीले महिनावारी भएको ४ दिन सडकमा डिउटी गर्न नपर्ने

उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनामारी भएको ४ दिनसम्म सडक डिउटीमा नखटाउने घोषणा गर्नुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्ने क्रममा आज सामाजिक सञ्जाल फेसबुकमा सो विषय पोष्ट गर्दै उहाँले महिनावारी भएका महिला ट्राफिक…

सहकारीको रकम अपचलन छानविन गर्न संसदीय छानविन समिति गठन गर्न दलहरु सहमत, समितिको कार्यदेशबारे छलफल हुदै

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरु बीचको निकै लाामो रस्साकस्सीपछि अन्तत: सरकारमा रहेका दलहरु र प्रतिपक्षी नेपाली कांग्रेस बीच सहकारीको रकम अपचलन छानविन गर्न संसदीय छानविन समिति गठन सहमत भएका छन् तर त्यो समितिको कार्यदेशक‍ो टुङ्गो लाग्न भने बाँकी रहेको…

सहकारीको उद्देश्य अनुसार नचल्दा सहकारीमा समस्या उत्पन्न भयो : मन्त्री अधिकारी

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको उद्देश्य अनुसार नचल्दा सहकारीमा समस्या उत्पन्न भएको र सहकारीको समस्या सरकारले नभई सहकारीमा आवद्धहरुले समाधान गर्नु पर्ने खाँचो औंल्याउनुभएको छ । नेफ्स्कूनको आय‍ोजनामा “संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति…

यशोधर साकोसको २४औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुरको बुबहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को २४औँ स्थापना दिवसको अवसरमा २०८१ बैशाख २२ गते शनिबार बुबहालस्थित यशोधर महाविहार परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजना तथा नेपाल रेडक्रस सोसाइटी,…

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका-११, शंखमुल आवास क्षेत्रमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को आय‍ोजनामा २०८१ बैशाख २२ गते शनिबार ललितपुरको कोन्तीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस स‍‍ोसाइटी, केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको सो…