Category राजनीति

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वास लिनु हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिने कार्यसूची बनाउन आग्रह गरी संघीय संसद सचिवालयलाई पत्र लेख्नुभएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि…

नेकपा (माके)का भट्ट सुदूरपश्चिम प्रदेश र चुमान गण्डकी प्रदेश सभा दलको नेता चयन

अन्तत: खगराज भट्ट नेकपा(माके)को सुदूरपश्चिम प्रदेश सभा दलको नेता सर्वसम्मत चयन हुनुभएको छ । हिजो बसेको बैठक विना निश्कर्ष सकिएपनि आज बिहान बसेको बैठकले भट्टलाई नेता चयन गरेको बताइएको छ । सुदूर प्रदेश सभामा नेकपा (माके) ११ जना प्रदेश सभासद…

२०७९ चैत्र २४ देखि २६ गतेसम्म नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलन हुने

२०७९ चैत्र २४ देखि २६ गतेसम्म नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा हिजोदेखि जारी त्यस पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । त्यस बैठकले उक्त पार्टीको ३…

नेकपा(माके)को बागमती प्रदेश सभा दलको नेतामा शालिकराम जम्मरकट्टेल चयन, असन्तुष्ट सहयात्री

नेकपा (माके)को बागमती प्रदेश सभा दलको नेतामा शालिकराम जम्मरकट्टेल सर्वसम्मत चयन हुनुभएको छ । आज बसेको सो दलको प्रदेश सभा दलको बैठकले बागमती प्रदेशका आर्थिक मामिला मन्त्री रहेका जम्मरकट्टेललाई सर्वसम्मत चयन गरेको बताइएको छ तर जम्मरकट्टेल उक्त दलको नेता भएसँगै…

सुदूरपश्चिम प्रदेश सभा दलको नेतामा एमाले रावल र एसका नेतामा सोडारी चयन

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश सभा दलको नेतामा राछेन्द्र रावल र उप-नेतामा सन्तोषकुमारी शर्मा थापा निर्विरोध चयन हुनुभएको बताइएको छ । शुक्रबार अत्तरियामा सोही पार्टीका सुदूरपश्चिम प्रदेशका जेष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । दलको नेता…

नेपाली कांग्रेसका ५ वटा प्रदेश सभा दलको नेता चयन

निर्वाचन मार्फत संघीय संसदीय दलको नेता चयन गरेको नेपाली कांग्रेसले ५ वटा प्रदेश सभा दलको नेता चयन गरेको छ । तीमध्ये कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाही नेपाली कांग्रेस, कर्णाली प्रदेश सभा दलको नेता सर्वसम्मत चयन भएपनि १ नं.…

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक आजबाट शुरु

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक आजबाट काठमाडौंमा शुरु भएको छ । आजको बैठकमा सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको र त्यस प्रतिवेदन माथि बैठकमा सहभागी सदस्यहरुले आ-आफ्नो विचार प्रस्तुत गर्ने क्रम शुरु भएको उक्त पार्टीका केन्द्रीय…

मधेश प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनियताको सपथ लिने

मधेस प्रदेश सभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्। नेकपा (एस)को तर्फबाट निर्वाचित सो सभाका जेष्ठ सदस्य गोविन्द न्यौपाने त्यस सभाका नवनिर्वाचित सदस्यहरुलाई मधेश प्रदेश सभा भवनमा दिउसो २ बजे पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम…

प्रधानमन्त्री प्रचण्ड कमरेड प्रचण्डबाट बदलिएर श्री प्रचण्डमा परिणत !

नेकपा (माके)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जोतिषीले जुराएको समयमा पुजापाठ गरेर बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभयो । पुजापाठ गरेर उहाँ परिवार सहित सरकारी निवास प्रवेश गरेको सञ्चार माध्यमबाट जानकारी पाएपछि यसलाई धेरै मानिसहरुले हसिमजाक गरिरहेका छन्…

गण्डकी प्रदेश सभाको अधिवेशन यही पुस १८ गते आह्वान

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गरुङले गण्डकी प्रदेश सभाको अधिवेशन २०७९ पुस १८ गते सोमबार अपरान्ह ३ बजे आह्वान गर्नु भएको जनाइएको छ । गण्डकी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा सो विषय उल्लेख छ । यता आईतबारबाट विकसित नयाँ…